४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दैलेखमा भेटिए मलेरियाका बिरामी

अ+ अ-

दैलेख । दैलेखमा मलेरियाका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय दैलेखका अनुसार जिल्लामा नौ जना मलेरिया बिरामी भेटिएका हुन् । रोजगारीका लागि पैसा कमाउन भारत गएका मानिसमा लामखुट्टेबाट सर्ने मलेरिया रोग देखापरेको हो ।

नेपालबाट निवारणको अवस्थामा रहेको यो रोगबाट पाँच वर्षीय बालकसमेत पीडित छन् । बालकको जिल्लामा उपचार हुन नसकेपछि कान्ति बाल अस्पताल काठमाडौँमा उपचारका क्रममा मलेरिया भएको पत्ता लागेको हो । बिरामीको अहिले उच्च निगरानीमा उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले बताएको छ ।

मलेरियाका बिरामी दैलेख क्षेत्र–२ को दुल्लु नगरपालिका, आठबिस नगरपालिका, क्षेत्र नं १ को महावु गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकाबाट भेटिएको हो । मलेरिया रोग अन्यत्र सर्न नदिनका लागि सतर्कता अपनाइएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. निराजन पन्तले बताए ।

पन्तले मलेरियाका बिरामीको परिवार र नजिकका छिमेकीको पनि स्वास्थ्य जाँच गरी सर्तक रहन सल्लाह र परामर्श दिने गरेको बताए। जिल्ला अस्पतालका वरिष्ठ ल्याव असिस्टेन्ट टेकबहादुर भण्डारीले उपचारका लागि अस्पताल आएका चार मलेरियाका बिरामी भेटिएको र अन्य पाँच जनाको जिल्ला बाहिर उपचारका क्रममा मलेरिया भेटिएको जनाएको छ ।

सेभ द चिल्ड्रेन, मलेरिया कार्यक्रमका डा मदन कोइरालाका अनुसार मलेरियाका नौ बिरामी भेटिएपछि दैलेख मलेरियाको जोखिममा रहेको र त्यसका लागि प्रभावकारीरूपमा स्थानीयवासीमा जनचेतना जगाउनुपर्ने देखिन्छ । ‘रोजगारीका लागि मुग्लान जाने फर्किँदा मलेरियाको सङ्क्रमित भई फर्किने हुनाले सङ्क्रमितको उपचार र हुनसक्ने सङ्क्रमणलाई रोक्न स्थानीय सरकार विशेष महत्व दिएर लाग्नुपर्छ’, उनले भने । नेपाल सरकारको नीतिअनुसार एक जनामात्र मलेरिया बिरामी भेटिएको अवस्थामा तत्काल निगरानीमा राखी निःशुल्क उपचार गर्नुपर्ने साथै बिरामीका कारण परिवार र छिमेकीमा सर्नबाट रोक्न विशेष स्वास्थ्यकर्मी टोलीबाट जाँच गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस