२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब एक दिन पनि गुमाउने स्थिति छैन : अध्यक्ष दाहाल

अ+ अ-

कास्की । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीलाई गतिशील बनाउँदै जनताको सेवामा लाग्नुको कुनै पनि विकल्प नभएको बताएका छन् ।

पार्टी निकट राष्ट्रिय युवा संघ कास्कीको भेलालाई आज पोखरामा सम्बोधन गर्दै उनले बाँकी तीन वर्ष समेत पूरै काम गर्न पाउने अवस्था नरहेकाले पार्टी, जनसङ्गठन र जनताबीचको सम्बन्धलाई सुदृढ बनाउँदै विकास निर्माणका कामलाई नयाँ ढङ्गले गति दिनुपर्नेमा जोड दिए ।

अध्यक्ष दाहालले भने,’सरकारको दुई वर्ष बित्यो, तीन वर्ष पूरा काम गर्न पाउने स्थिति छैन, अन्तिम वर्षमा फेरि चुनाव लाग्छ । दुई र बढीमा साढे दुई वर्षको अवधिमा अब एक दिन पनि गुमाउने स्थिति हामीलाई छैन।’

हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले तीन महिने कार्ययोजना बनाएको जानकारी दिँदै उनले पार्टी, सरकार र जनताको सम्बन्धलाई जीवन्त बनाउने, लोकप्रिय नीति, कार्यक्रम र बजेट ल्याएर जनताको मन छुने ढङ्गले पार्टी अघि बढ्ने स्पष्ट पारे।

बैठकले पार्टी एकीकरणमा ढिलाइ हुँदा उत्पन्न मनोविज्ञान, चिन्ता र अन्यौलको स्थितिलाई समाप्त पारेको उल्लेख गर्दै अध्यक्ष दाहालले भने,’ढिलै भए पनि हामीले अन्यौलको स्थितिलाई सफलता र उत्साहका साथ चिरेका छौँ, राम्रो अन्तरघुलनसहित सबै निर्णयहरु एकमत र सर्वसम्मतले गरेका छौँ, अब अगाडि बढ्नलाई केही रोकावट छैन ।’

राष्ट्रियसभा निर्वाचनपछि संघीय संसद्मा एक्लै दुई तिहाइ बहुमत पुगेको चर्चा गर्दै उनले जनताको राम्रोसँग सेवा गर्दै सङ्गठन विस्तार तथा सुदृढीकरणका माध्यमबाट अर्को पटकसमेत दुई तिहाई बहुमत आउने गरी काम गर्न युवालाई निर्देशन दिए ।

देशभित्र र बाहिरका शक्तिले पार्टीमा विवाद चर्किएर जाला र पार्टी एकतालाई सफल हुन नदिने कोशिस गरेकोमा केन्द्रीय बैठकले सबै प्रयासलाई सफलतापूर्वक चिरेर जनतामा जाने तयारी गरेको उनले उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस