गृह सचिवमा न्यौपाने, अख्तियारमा सुरेश अधिकारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गृह सचिवमा न्यौपाने, अख्तियारमा सुरेश अधिकारी


२० माघ २०७६, सोमबार


काठमाडौँ । सरकारले गृह सचिवमा महेश्वर न्यौपानेलाई ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव न्यौपानेलाई गृह मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको हो ।

बुधवारबाट अनिवार्य अवकाश पाउन लागेका प्रेम कुमार राईले २ दिनअघि नै २० गतेदेखि स्वीकृत हुने गरी राजीनामा दिएपछि गृह सचिव पद रिक्त रहेको थियो ।

मन्त्रिपरिषद् स्रोतका अनुशार प्रदेश एक नं. १ का प्रमुख सचिव सुरेश अधिकारीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ भने उद्योगका सहसचिव दिनेश भट्टराईलाई सचिवमा बढुवा गरी प्रदेश १ को प्रमुख सचिवमा पठाउने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस