२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना भाइरस : मृतकको संख्या २५९ पुग्यो

अ+ अ-

बेइजिङ । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय ५९ पुगेको छ । शनिकार बिहानसम्मको तथ्पयाङ्क हेर्दा मृत्युहुनेको संख्या २ सय ५९ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

आयोगका अनुसार भाइरसबाट संक्रमितको संख्या दुई हजार भन्दा बढी पुगिसकेको छ ।

त्यस्तै ११ हजार ७ सय ९१ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

हुवेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नियन्त्रण हुन सकिरहेको छैन बरु झन् फैलिँदै गएको छ ।

चीनबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमण करिब दुई दर्जन मुलूकमा देखिएपछि विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ।
बिहीबार जेनेभामा बसेको डब्लूएचओको आपत्‌कालीन बैठकले असाधारण घटनाका रुपमा व्याख्या गर्दै संकटकाल घोषणा गरेको हो।

हङकङका अनुसन्धानकर्ताहरुका अनुसार चीनले आधिकारिक रुपमा सार्वजनिक गरेको तथ्याङ्कभन्दा धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने देखिएको छ । शुक्रबार प्रकाशित गरेको एक रिपोर्टअनुसार वुहानमा झन्डै ७५ हजार व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने अनुमान गरिएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

रिपोर्टमा ३७ हजार ३ सय ४ देखि एक लाख ३० हजार ३ सय ३० जनाको बीचमा संक्रमितको संख्या हुन सक्ने बताइएको छ।

अनुसन्धानकर्ता ग्याब्रियल लिउङले बताएअनुसार सार्वजनिक गरिएको संख्याभन्दा धेरै संक्रमित हुन सक्ने सम्भावना छ। किनभने संक्रमित सबै स्वास्थ्य परीक्षणका लागि आएका छैनन्,’ ।

यसैबीच स्पेनमा कोरोना भाइरसको पहिलो संक्रमणको पुष्टि भएको छ। शुक्रबार त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार ला गोमेरामा एक जना व्यक्तिमा संक्रमण देखिएको हो।

प्रतिक्रिया दिनुहोस