२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटनको माध्यमबाट गरिबी निवारण : मुख्यमन्त्री गुरुङ

अ+ अ-

नारच्याङ, म्याग्दी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन विकासको माध्यमबाट गरिबी निवारण गरिने बताएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आजदेखि शुरु भएको प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकूद प्रतियोगिताको उद्घाटन गर्दै उनले गरिबी निवारण र रोजगारी सिर्जनाका लागि पर्यटनको सम्भावनालाई परिचालन गरिने बताए ।

‘संस्कृति, प्रकृति र साहासिक पदयात्रा मार्ग गण्डकी प्रदेशको पर्यटनको आधार हो,’ उनले भने ‘प्रदेशका ११० वटा पर्यटकीयस्थल घोषणा गरेर प्रत्येक जिल्लाका चार वटा नयाँ पदमार्ग खोल्न र पूर्वाधार तयार पार्न रु ४० लाखको दरले बजेट विनियोजन गरेका छौ ।’

मुख्यमन्त्री गुरुङले साहासिक पर्यटनको सम्भावना रहेको धौलागिरि चक्रिय, अन्नपूर्ण आधारशिविर पदमार्गमा पूर्वाधार निर्माणमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै गतवर्ष २७४ वटा घरवास (होमस्टे) स्थापना गर्न रु ३० करोड अनुदान दिएको र यो वर्ष प्रदेश सरकारले ती होमस्टेको सुदृढीकरण गर्न रु २५ करोड विनियोजन गरेको जानकारी दिए ।

उनले महोत्सवका अवसरमा अन्नपूर्ण गाउँपालिकाले तयार पारेको नारच्याङदेखि अन्नपूर्ण आधारशिविर जोड्ने ‘मौसिज हर्गोज ट्रेकिङ’ पदमार्गको नक्शा पनि सार्वजनिक गरे ।

पदमार्ग सञ्चालनको लागि प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव माघ २१ गतेसम्म सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए ।

आठ वर्षअघि विश्वकै दशौं र नेपालको नवौं (आठ हजार ९१ मिटर) अग्लो अन्नपूर्ण हिमालको आधारशिविर जोड्ने सबैभन्दा छोटो पद्मार्ग पहिचान भएको थियो । सन् १९५० को जुन ३ मा फ्रान्सका मौरिस हार्गोजले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरेका थिए ।

नारच्याङ हुँदै अन्नपूर्ण आधारशिविर जाने छोटो र सजिलो पदमार्ग तयार भएको सन्देश फैलाउनु महोत्सवको मुख्य उद्देश्य भएको अध्यक्ष पुनले बताए । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर नयाँ गन्तव्यका रुपमा ‘मौसिज हर्गोज ट्रेकिङ’ सञ्चालन गर्न लागिएको संरक्षण व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले बताए ।

महोत्सवको अवसरमा अध्यक्ष कप खेलकूद प्रतियोगिताअन्तर्गत वडास्तरीय प्रौढ, महिला, पुरुष भलिबल र बाँस्केटबल प्रतियोगिता, एकल र सामूहिक नृत्य प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सञ्चालन हुने गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले बताए ।

प्रतिक्रिया दिनुहोस