२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विविधताबीचका राष्ट्रिय एकता नै हाम्रो हाम्रो वैभव हो : उपराष्ट्रपति पुन

अ+ अ-

महोत्तरी । उपराष्ट्रपति नन्दबहादुर पुनले भाषा, संस्कृति र परम्परामा देखिने विविधता नेपालीको वैभव भएको बताएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् महोत्तरीले बर्दिवास–१४ मा आयोजना गरेको ‘आदिवासी, जनजाति, कृषि पर्यटन तथा व्यापार महोत्सव–२०७६’ को आज उद्घाटन गर्दै उनले यो विविधता संसारका सम्पन्न मानिने राष्ट्रमा विरलै पाइने बताए ।

‘हामी हिमाली, पहाडी र मधेशी छौं, हामीले बोल्ने भाषा र भेषभूषा पनि फरक/फरक छन्’, उपराष्ट्रपति पुनले भने, ‘सबैप्रति उच्च सम्मान व्यक्त गर्ने हामीसँग नेपाली मुटु छ ।’ निष्ठा, इमान, बहादुरी र दायित्व निर्वाहमा संसारभरिमै उदाहरणमा उभ्याइने नेपाली विविधताबीचका राष्ट्रिय एकताका प्रतिक रहेको उनको भनाइ छ ।

उपराष्ट्रपति पुनले अहिलेको आवश्यकता आर्थिक समृद्धिको रहेको उल्लेख गर्दै विभिन्न संस्कृति परम्परा, रीतिथिति, भाषा र भेषभूषा नेपालीका साझा सम्पति रहेको बताए। सबैतहका सरकारले आ–आफ्नो तहबाट यिनको संरक्षण र संवर्द्धनमा ध्यान दिनपर्ने उनले बताए ।

‘मुलुकमा सबै तहका निर्वाचन सम्पन्न भएर स्थिर सरकार बनेका छन्’ उनले भने, ‘राजनीतिक परिवत्र्तनका लागि सात दशकको लामो संघर्षपछि अब हामीले दिगो विकासतर्फ अघि बढ्नु छ । यसका लागि कृषि प्रवर्द्धन गरी उत्पादनमा वृद्धि, प्राकृतिक सम्पदाको न्यायोचित संरक्षण, संवर्द्धन र सदुपयोग गरिन पर्दछ ।’ उपराष्ट्रपति पुनले अहिले राष्ट्र नेपाल भ्रमण वर्ष–२०२० को क्रममा रहेका बेला धार्मिकस्थल र पर्यटकीय क्षेत्रको सम्भार, संरक्षण र विकास गर्नसके समृद्धि अभियानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिँदै अबको शिक्षा सीपसँग, सीप श्रमसँग, श्रम उत्पादनसँग र उत्पादन समृद्धिसँग जोडिनुपर्ने बताए ।

राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल, प्रदेश नं.२ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डल र नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगत बरालले महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे।

महासंघका महोत्तरी अध्यक्ष सन्तराज मोक्तानको अध्यक्षतामा सम्पन्न महोत्सवको उद्घाटन सत्रमा बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष प्रल्हाद क्षत्री र बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीलगायत वक्ताले महोत्सवको सफलताको शुभकामना व्यक्त गरे ।

आज शुरु भएको महोत्सव १० दिनसम्म सञ्चालन हुनेछ । महोत्सवमा महोत्तरीका आदिवासी जनजातिका मौलिक संस्कृति झल्कने र स्थानीय कृषि उत्पादनसहितका २०० स्टल (प्रदर्शनी तथा बिक्रीकक्ष) राखिएका छन् । महोत्सव अवधिमा मुलुकका ख्यातिप्राप्त कलाकारको प्रस्तुति हुने आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस