२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजको कारोबार बन्द गर्न निर्देशन

अ+ अ-

रुपन्देही । बजारमा गुणस्तरहीन सामानको बिक्री बढेको उपभोक्ताको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले बजार अनुगमन शुरु गरेको छ ।

जिप्रका रुपन्देहीको नेतृत्वमा वाणिज्य कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, बुटवल उपमहानगरपालिका, नेपाल प्रहरी र पत्रकार महासङ्घका प्रतिनिधिसहितको टोलीले मङ्गलबार बुटवल–१३ स्थित थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजमा अनुगमन गर्‍यो ।

उपभोक्ताको गुनासो आएपछि थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजले बिक्री गर्दै आएको विभिन्न ब्राण्डका चामल, दाल, बेसनलगायतका खाद्य सामग्रीको अनुगमन गरिएको हो । अनुगमनका क्रममा मापदण्डविपरीत चामल बिक्री गरेको पाइएकाले तत्कालका लागि कारोबार रोक्का गर्न निर्देशन दिइएको जिप्रकाका अधिकृत मनोज पोखरेलले जानकारी दिए ।

अनुगमनका क्रममा थापा ब्राण्डका विभिन्न बोरामा चामल कम भएको पाइएकाले सुधार गरेर मात्रै सम्बन्धित निकायको रोहबरमा कारोबार सञ्चालन गर्न निर्देशन दिइएको उनले बताए । अनुगमनका क्रममा इण्डष्ट्रिजका सञ्चालक कृष्णबहादुर थापाले उद्योगमा भएका कमजोरी तत्काल सच्याएर गुणस्तरीय खाद्यान्न बिक्री गर्ने प्रतिबद्धता जनाए ।

बजारमा प्लास्टिकको चामल भित्रिएको गुनासो आएपछि प्रशासनले खाद्य उद्योग र पसलहरुलाई लक्षित गरेर बजार अनुगमन थालेको हो । अनुगमनमा जिप्रका रुपन्देहीका अधिकृत पोखरेल, वाणिज्य कार्यालयका नारायण पन्थी, खाद्य तथा गुण नियन्त्रण कार्यालयका पद्मराज भुसाल, बुटवल उपमहानगरपालिका कार्यालयका टोपलाल शर्मा, नेपाल प्रहरीका प्रकाश चौहान तथा पत्रकारहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस