पूर्वसभाषद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङको सम्पत्ति रोक्का « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पूर्वसभाषद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङको सम्पत्ति रोक्का


१२ माघ २०७६, आइतबार


काठमाडौँ । पूर्वसभासद् तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङको सम्पत्ति रोक्का गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिनका लागि उनको नाममा रहेको सम्पत्ति रोक्का राख्न पत्राचार गरेको हो ।

सिभिल बैंकका अध्यक्ष र सिभिल होम्सका सञ्चालकसमेत रहेका तामाङको सम्पत्तिको स्रोत नखुलेको भेटिएपछि अनुसन्धानको दायरामा तानिएका थिए ।

स्रोतका अनुशार उनको ६० करोडबराबरको सम्पत्ति भेटिएको छ ।

दुई दर्जन बढी कम्पनीमा आवद्धता देखिएका उनले सिभिल बैंकबाहेक अरू सबै कम्पनी घाटामा देखाएर करसमेत छलिरहेको भेटिएको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस