२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनको चोङसिङमा हिमालयको उडान शुरु

अ+ अ-

काठमाडौं । नेपालबाट अन्तरराष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको नेपालको निजी लगानीको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले चीनको चोङकिङमा सिधा उडान शुरु गरेको छ ।

चिनियाँ नयाँ वर्षको अवसरमा कम्पनीले आजैदेखि नियमित उडान शुरु गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । हिमालयले चोङकिङमा साताको तीन दिन उडान भर्नेछ । चोङकिङ चीनको एक मनोरम पर्यटकीय शहर हो । यो उडानले पर्यटक आवागमनमा टेवा पुग्ने कम्पनीले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी तथा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी, हिमालय एयरलाइन्सका अध्यक्ष झोउ इयोङ, पर्यटन सचिव केदारबहादुर अधिकारीले संयुक्त रूपमा उडान शुभारम्भ गएका थिए ।

सो अवसरमा पर्यटनमन्त्री भट्टराईले हिमालयका उडान विस्तारले नेपालको पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने बताउँदै निकट भविष्यमै नेपाल एयरलाइन्सले पनि चीनका विभिन्न गन्तव्यमा उडान भर्ने विश्वास व्यक्त गरे । उनले नेपालबाट चीनका विभिन्न गन्तव्यमा उडानले आगामी दिनमा चिनियाँ पर्यटकको बढोत्तरी हुने विश्वास व्यक्त गरे ।

पर्यटनमन्त्री भट्टराईले निकट भविष्यमै सञ्चालनमा आउन लागेको भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा पनि चिनियाँ जहाजले सिधा उडान भर्नसके चिनियाँ पर्यटक बढ्नुकासाथै लुम्बिनीको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे ।

चिनियाँ राजदूत झोउले नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा चीनका विभिन्न गन्तव्यमा हिमालयको उडान विस्तारले बढी भन्दाबढी चिनियाँ नागरिक नेपाल भित्र्याउन सहयोग पुग्ने बताए ।

कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले कम्पनीले चीनका अन्य गन्तव्यमा पनि व्यावसायिक उडान भर्ने र बढी पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए । हिमालयको यो उडान चीनको पाँचौ गन्तव्य हो । निकट भविष्यमै चीनको ल्हासामा उडान गर्ने कम्पनीको योजना छ ।

प्रतिक्रिया दिनुहोस