१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशसभाका सेवा सुविधा सामाजिक काममा

अ+ अ-

पोखरा । गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले प्रदेशसभा सदस्य भएबापत प्राप्त गरेका सम्पूर्ण सेवा सुविधा सामाजिक काममा खर्चिएका छन् ।

उनले आज पोखरामा पत्रकार सम्मलेन गरी निर्वाचनका समयमा आफूले निर्वाचित भएपछि प्राप्त गर्ने सेवा सुविधा सामाजिक कार्यमा लगाउने प्रतिबद्धता व्यक्त गरेअनुरुप यस वर्ष पनि विभिन्न सामाजिक कार्यमा सेवा सुविधाबापतको रकम खर्च गरेको जानकारी दिए ।

२०७५ फागुन १ गतेदेखि २०७६ पुस मसान्तसम्म प्रदेशसभाका बैठक भत्ता, मासिक पारिश्रमिक एवं अन्य सुविधाबापत प्रदेशसभाबाट ६ लाख १० हजार ६२९ बैंक खातामा जम्मा भएको जानकारी दिँदै उनले उक्त रकममा केही थप गरी रु ९ लाख ३ हजार ७०१ सामाजिक काममा खर्च गरेको जानकारी दिए ।

विभिन्न सामुदायिक भवन निर्माण, खेलकूद, सडकलगायतका पूर्वाधार विकास एवं सामाजिक क्षेत्रमा क्रियाशील संघ संस्थालाई उक्त रकम प्रदान गरेको उनले बताए । गण्डकी प्रदेशमा जिम्मेवार प्रतिपक्षका रुपमा सरकारका राम्रा कामलाई सहयोग गर्दै आए पनि आफूहरूप्रति सरकारले निषेधको राजनीति गरेको उनको आरोप छ ।

प्रतिपक्षी दलका सांसदले राखेका जायज माग सरकारले सुन्न नचाहने गरेको बताउँदै प्रदेशसभा सदस्य थापाले आफू निर्वाचित भएको क्षेत्रमा सरकारले विकास निर्माणमा विभेद गरेको उल्लेख गरे । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमतर्फको बजेटलाई आफूले निकै सुझबुझ तथा समानुपातिक ढङ्गबाट सबैको उपस्थितिमा विनियोजन गरेको पनि उनले बताए ।रासस

प्रतिक्रिया दिनुहोस