१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजकुमार ह्यारी र मेगनको तस्बिर प्रकाशन गर्नेलाई कानुनी कारबाहीको चेतावनी

अ+ अ-

क्यानडा । अनुमतिविना आफ्नो तस्बिर प्रकाशन गर्नेलाई राजकुमार हयारी र मेगनले कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । अनुमति नलिई तस्बिर खिच्ने फोटोग्राफरहरुलाई दुव्यवहार गरेको आरोप उनीहरुले लगाएका छन् ।

वकिलहरूका अनुसार डचिस अफ ससिक्सले आफ्नो छोरा बोकेर कुकुर डोर्‍याउँदै हिँडेको तस्बिर फोटोग्राफरहरूले झाडीमा लुकेर खिचेका थिए।

ह्यारी र मेगनले भने आफूहरू कानुनी कारबाही गर्नको लागि तयार रहेको बताएका छन्।

उनीहरू बस्न थालेको क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा बढिरहेका फोटोग्राफरका गतिविधिबाट ह्यारी र मेगन आजित भएको बताइएको छ।

वकिलहरूका अनुसार पापाराजीहरूले लामो दूरीको तस्बिर खिच्न सक्ने लेन्सको प्रयोग गरी घरभित्रका तस्बिर खिच्ने प्रयास समेत गरिसकेका छन्।

ब्रिटिश कोलम्बियाको कानुन अनुसार डचिस अफ ससिक्सले आफ्नो गोपनियता भङ्ग गरेको अभियोगमा मुद्दा दायर गर्न सक्छिन्। तर क्यानडाली नियमकानुनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार पनि सुनिश्चित गरेको छ।

सोमवार मेगनले भ्यानकुभर आइल्यान्डको होर्थ हिल रिजनल पार्कमा आफ्नो आठ महिने छोरा आर्चीलाई बोकेर गाइ र ओजी नामका दुई कुकरसँग हिँडिरहेको तस्बिर सार्वजनिक भएको थियो। ब्रिटेनमा एक कार्यक्रममा सहभागी भएका ड्यूक अफ ससिक्स चाहिँ मङ्गलवार मात्र क्यानडा पुगेका थिए।

सञ्चारमाध्यमसँग लामो समयदेखि राजकुमार ह्यारीको अप्ठ्यारो सम्बन्ध रहँदै आएको छ। प्यारिशमा पापाराजी फोटोग्राफरहरूले मोटरसाइकलमा पछ्याइरहँदा उनकी आमा प्रिन्सेस अफ वेल्स डायनाको कार दुर्घटनामा मृत्यु भएको थियो।

सन् १९९७ अगस्ट ३१ तारिखमा राजकुमारी डायनाको निधन भएको थियो।

सन् २०१६ मा राजकुमार ह्यारीले आफ्नी तत्कालीन प्रेमिका मेगनलाई शोषण र दुर्व्यवहार गरेको भन्दै सञ्चारमाध्यमको आलोचना गरेका थिए। बीबीसी

प्रतिक्रिया दिनुहोस