३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

अ+ अ-

तनहुँ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा औषधि अभाव देखिएको छ । स्वास्थ्य केन्द्रमा सामान्य औषधि पनि नहुँदा उपचारमा आउने बिरामी रित्तो हात फर्कन बाध्य छन् । पछिल्लो समय आयुर्वेदिक उपचारतर्फ मानिसको आकर्षण बढ्दै गएको अवस्थामा स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण गर्नुबाहेक अन्य सुविधा नपाउँदा बिरामी निराश हुँदै फर्कने गरेको कार्यालयका वरिष्ठ कविराज निरीक्षक एवं सूचना अधिकारी बलभद्र वाग्लेले बताए ।

आर्थिक वर्ष २०७५/७६ शुरु हुनु अगाडिदेखि नै औषधि अभाव थियो । उनले भने, ‘गण्डकी प्रदेश सरकारलाई पटक–पटक जानकारी गराउँदा पनि औषधिको कुनै व्यवस्था हुन सकेन ।’ केही दिनअघि सम्पर्क गरी यस विषयमा बुझ्दा प्रदेश सरकारबाट बोलपत्र भएर औषधि दाखिला प्रक्रियामा रहेकाले केही दिनभित्रै औषधिको व्यवस्था हुने आश्वासन पाएको उनले जानकारी दिए । निःशुल्क स्वास्थ्य सुविधा पाउँदै आएका सेवाग्राहीले स्वास्थ्य परीक्षणपश्चात बाहिरका आयुर्वेदिक पसलमा गएर औषधि किन्नुपरेको छ ।

आफू सरुवा भएर आएको डेढ महिनाको अवधिमा बिरामीको सङ्ख्या शून्य अवस्थामा रहेको कार्यालय प्रमुख डा. रामप्रबोध मण्डलले जानकारी दिए । ‘कार्यालयबाट प्रदान गरिने सेवा–सुविधा नभएपछि बिरामीको आकर्षण घटेको रहेछ’, उनले भने, ‘बिरामीको सङ्ख्या कम्तीमा ५० पुर्‍याउने लक्ष्य लिएर काम गर्दा हाल दैनिक ४० देखि ४५ जना बिरामी उपचारका लागि आउने गरेका छन् ।’

उपचारमा आउने बिरामीलाई पञ्चकर्म विधि (औषधिको बाफ लगाएर दुखेको ठाउँमा सेकताप गरिने विधि) थालिएसँगै बिरामीको आकर्षण बढ्न थालेको उनको जिकिर थियो । पञ्चकर्म विधिमार्फत उपचार गर्दा ६० प्रतिशत रोगलाई निको बनाउँछ । स्रोत साधनको कमीका कारण सोचेअनुरूपको सेवा दिन नसके पनि कार्यालयमा योगाभ्यास गराउने, चिन्तामूलक समाज बनाउन सोही किसिमको परामर्श सेवा दिने गरेको उनले बताए । क्षारसूत्र शल्यक्रिया, जलौका चिकित्सामार्फत फिष्टुला, फिसर र अश्रअङ्कुरको सफल विधिबाट उपचार थालिएको छ ।

उक्त स्वास्थ्य केन्द्रमा अम्लपित्त, स्त्रीरोग, नशा, छाला, पायल्सलगायतका समस्याका बिरामी बढी मात्रामा आउने गरेका छन् । प्रदेश सरकारले शल्यक्रियाकक्ष र व्यवस्थापन शीर्षकमा विनियोजन गरेको नौ लाखबाट सामान खरीद गरी व्यवस्थापन गरिए पनि प्राविधिक जनशक्ति अभावमा सञ्चालनमा ल्याउन नसकिएको उनले जानकारी दिए । सबै क्षेत्रको साथ र सहयोग पाएको अवस्थामा यस जिल्लाको आयुर्वेद स्वास्थ्य केन्द्रलाई गण्डकी प्रदेशकै नमूना आयुर्वेद स्वास्थ्य केन्द्र बनाउने योजना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस