१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओमानको ऐतिहासिक गाउँमा नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ

अ+ अ-

ओमान । नेपाली राजदूतावास मस्कटले ‌ओमानको ईम्ति भिलेजमा एक कार्यक्रमका बिच नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरेको छ ।

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेसँगै ओमानस्थिन नेपाली दूतावासले विविध कार्यक्रम गरी भ्रमण वर्ष सफल बनाउन कार्यक्रमको शुभारम्भ गरेको हो ।

ओमानको राजधानी मस्कट भन्दा करिब एक सय २५ किलोमिटर टाढा रहेको ऐतिहासिक महत्त्वको गाउँमा कार्यक्रम आयोजना गर्नु आफैमा एक सुनौलो अवसर भएकोले ओमन स्थित नेपाली राजदूतावासले जनाएको छ ।

ओमानी सभ्यताको पहिचान दिने प्राचीन बस्तीले कार्यक्रमका सहभागीहरूलाई ओमानको इतिहाससँग साक्षात्कार हुने मौका प्रदान गरेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताइन् ।

करिब एक हजार जनाको बसोबास रहेको उक्त बस्तीमा सञ्चालित कार्यक्रमले ओमानी जनतासँग नजिकको सम्बन्ध स्थापित गर्दै पर्यटन प्रवर्द्धनमा लक्षित समूहसँग नजिक हुने वातावरणको सिर्जना गरेको समेत राजदूत ढकालको भनाई छ ।

नेपाली संस्कृतिअनुसार सुरु गरिएको उक्त कार्यक्रममा राजदूत ढकालज्यूले कार्यक्रमको महत्त्वमाथि प्रकाश पार्दै नेपाली पर्यटनका विविध आयामहरूबारे जानकारी गराएकी थिइन् ।

उनले नेपाली कला, संस्कृति तथा प्राकृतिक सौन्दर्यको अलावा यसै वर्ष अथवा आगामी वर्षमा नेपाल किन घुम्ने ? भन्ने कुरामा विशेष जोड दिएकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि शेख खलिफा अलि अल हार्थीले नेपाल आफूलाई धेरै मन पर्ने बताउँदै नेपाली दूतावासको निमन्त्रणा स्वीकार गरी महामहिम राजदूतज्यू र नेपाल सरकारले सुरु गरेको यस महत्त्वपूर्ण कार्यलाई साथ दिन तथा ओमानी पर्यटकहरूलाई नेपाल भ्रमणमा जान प्रेरित गर्न यस कार्यक्रममा आएको बताएका थिए ।

कार्यक्रममा सगरमाथाको सफल आरोहण गरेकी पहिलो ओमानी महिला नदिरा अल हार्थीले आफूले नेपाल भ्रमण तथा सगरमाथा आरोहण गर्दाको रोमाञ्चकारी अनुभव सुनाएकी थिइन् । कार्यक्रममा नेपाली गीत गाउने पहिलो अरबिक गायक हाइथम मोहम्मद रफिले नेपाली कला संस्कृतिबारे आफ्नो भनाइ राख्दै एक नेपाली तथा एक अरबिक गीत गाएका थिए ।

कार्यक्रममा ओमानका लागि नेपाल भ्रमण वर्ष २०२० को सद्‌भावना दूतका रूपमा नियुक्त सङ्गीत तथा संस्कृतितर्फ अरबिक गायक श्री हाइतथम मोहम्मद रफि, साहसिक पर्यटनतर्फ श्री नादिरा अल–हार्थी र सामाजिक अभियन्ता तथा प्राज्ञिक व्यक्तित्व डा. चिथ्रा नारायणलाई महामहिम राजदूतदज्यूले नियुक्तिको प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

ओमानस्थित नेपाली समुदायको सक्रिय सहभागिता रहेको सो कार्यक्रममा विशिष्ट नेपाली खानाका परिकारहरू(सेलरोटी, मःम, ढिक्री, भक्‍का, दालको फुरौला, गुन्द्रुकको अचार, चुकाउनी लगायतका परिकारहरू) बाट अतिथिहरूलाई नौलो स्वादहरू पस्किइएको थियो । ओमानमा बस्ने नेपालीहरूले कार्यक्रमका प्रमुख अतिथि लगायतका विशिष्ट पाहुनाहरूलाई विश्राम स्थलबाट कार्यक्रम स्थलसम्म विभिन्न परम्परागत नेपाली लोकबाजासहितको साङ्गीतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव महामहिम शेख खलिफा अलि अल हार्थी प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए भने इज्की क्षेत्रका गभर्नर महामहिम शेख मोहम्मद विन अब्दुल्लाह अल बुसइदी, पर्यटन मन्त्रालयको अल दाखिलिया क्षेत्रको पर्यटन विभाग प्रमुख खलिल विन सइद अल टूवी, उक्त क्षेत्रबाट शुरा काउन्सिलका विभिन्न क्षेत्रका सदस्यहरू महामहिम जाहिर विन अलि विन मराश अल आर्मी , महामहिम गुनिस विन अलि विन अजान अल–मान्धारी, महामहिम अहमद विन नासेर विन सलिम अल–अब्रीको उपस्थिति रहेको थियो ।

त्यसै गरी हाम्दान विन नासेर मौसुद अल– रूमइधी, मोहम्मद विन हुमृद विन नासेर अल–शुईली, मोहम्मद विन सुलेइमान विन तामिम अल–हिनाई, अब्दुल्लाह विन सलिम विन मोहम्मद अल–जुनैवी, जमाल विन अहमद विन हमाद अल–अब्री, सलिम विन हमाद विन सलिम अल–महरुकी, अब्दुल्लाह विन हामूद विन सलिम अल–न्दावी, मोहम्मद विन खमिस विन नाभन अल–हुसइनी, याकूब विन मोहम्मद विन अमुर अल–राहवी लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै ओमान चेम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत डा. अल(फदल अल हिनाई, कलाकार तथा ओमान सोसाइटी फर फाइन आर्ट्सका निर्देशक मेडम मार्यम अल जड्जाली, विभिन्न देशका राजदूतहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, स्थानीय सरकारका कर्मचारीहरू तथा स्थानीय ईज्की क्षेत्रका सर्वसाधारणहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रम नेपाली दूतावासका द्वितीय सचिव सोमेश थापाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस