काठमाडौँ । प्रदेश ५ को हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा आजबाट हिउँदे अधिवेशन बोलाइएको प्रदेश ५ को प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठक दिउँसो १ बजे बस्ने छ ।
हिउँदे अधिवेशनले प्रदेशको नाम र स्थायी राजधानी टुंग्याउने छ ।
आजबाट सुरु हुने अधिवेशनमा ६ वटा विधेयक पनि पेश गरिने बताइएको छ । अधिवेशनमा लोक सेवा, विश्वविद्यालय, चलचित्र, सुशासन, वातावरण, स्थानीय तह सम्बन्धी विधेयक पेस गरिने बताइएको छ ।
यसअघि गत जेठ २ गते सुरु भएर असोज २ मा बजेट अधिवेशन सकिएको थियो ।