२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानुन भन्दा माथि हो र कलाकारिता ?

अ+ अ-

आस्था राउतमय भएको छ यति बेला सामाजिक सञ्जाल । फेसबुक, ट्विटरदेखि पत्रपत्रिकाहरू सबैतिर आस्थाकै चर्चा छ । कतै समर्थन त कतै विरोधमा बजार तताई रहेको छ आस्थाले प्रहरी जवानलाई गाली गर्दै फेसबुकमा पोष्ट्याएको भिडियोले ।

यसैबिच प्रहरीले घटनाको सिसि टिभी फुटेज सार्वजनिक गरेको छ । जसले आफूलाई राष्ट्रिय स्तरको कलाकार बताउने आस्था राउतका सबै हरकत छर्लङ्गै भएका छन् । भिडियो हेर्दा राउतको गल्ती प्रस्टै देखिन्छ ।

गल्ती नम्बर एक : विमानस्थल सुरक्षाका दृष्टिकोणले अति संवेदनशील क्षेत्र हो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर बनाइएका नियमकानून पालना गराउनु तैनाथ सुरक्षाकर्मिको जिम्मेवारी हुन आउँछ भने त्यसको पालना गर्नु हरेक जिम्मेवार नागरिकको कर्तव्य ।

यसै घटनाको विषयलाई लिएर पूर्व जर्नेल राजेन्द्र थापाले फेसबुकमा लेखेका छन् ‘ज्याकेट खोल भनेपछि खोल्नै पर्छ मन्त्रीले पनि । एकचोटी मलाई पनि ज्याकेट खोल्नुहोस् भन्दा खोलेको थिएँ ।’

उनले पूर्वजर्नेली कार्ड देखाए चेकिङ नै गर्न पर्थेन भन्दै थप लेखेका छन् ‘साथको प्रहरी असईले शायद मलाई चिन्यो वा कोही प्रभावशाली देख्यो र भैगो छाड्दे भन्यो तर मैले भनेँ हैन भाइ यिनले सुरक्षा चुक गर्‍यो भने हाम्रै ज्यान जान्छ नि गर बाबु भनेँ ।’

कलाकार भन्दैमा राज्यको सुरक्षा संवेदनशीलतामा छुट हुन्छ र ? त्यसैले सुरक्षा जाँचमा गरेको असहयोग उनको पहिलो गल्ती हो । भित्र प्रवेश गर्नुअघि नै सुरक्षा अधिकारीले उनलाई कफी बाहिरै राखेर आउन भनेकी छिन् तर राउतले निर्देशनको बेवास्ता गर्दै भित्र जवर्जस्ति पसेकी छिन् ।

गल्ती नम्बर दुई : विमानस्थलको सुरक्षा चेकिङमा जाँदा कुनै स्टोर तथा कफी हाउसमा झैँ मस्तराम शैलीमा प्रस्तुत भएकी छिन् । जसमा सुरक्षा अधिकारीले कफी राखिदिएर ज्याकेट खोल्न पठाएकी छिन् । यहीनेरबाट सुरु भएको राउतको आक्रोशले थप उत्तेजना पैदा गर्न खोजेको देखिन्छ यद्यपि सुरक्षाकर्मिले थप कुनै एक्सन नलिई अन्य यात्रु सरह नै व्यवहार गर्दै उनलाई चेक जाँच गरी भित्र पठाउँछिन् । आम यात्रुले ज्याकेट खोलेर सुरक्षामा सघाई रहँदा उनले मनमौजी ढङ्गले जवर्जस्त नियम तोड्न खोजेर आफूलाई कस्तो नागरिक देखाउन खोजेकी हुन् ? उनको यो व्यवहार सभ्य नागरिकको परिचय त होइन नै, नियम मान्नुस् भन्दा सरासर पालना नगरी उत्तेजित व्यवहार प्रदर्शन गर्नु कदापि मर्यादित मान्न सकिँदैन ।

गल्ती नम्बर तीन : सुरक्षा चेकिङमा चिया, कफी, चकलेट, प्लास्टिक, झोला लगायत कुनै पनि कुरा छोड्न पाईदैन र बेवारिसे अवस्थामा भेटिए तत्काल प्रहरीलाई खबर गर्नुपर्छ तर तपाईँको कफी लैजानुस् भन्दा उल्टै छोड्न खोज्नु उनको अटेरीपन प्रस्ट देखिन्छ । सबैले यसरी नै खानेकुरा तथा अन्य सामानहरू यसरी नै छाड्दै जाने र प्रहरीले सफा गर्दै जाने हो सुरक्षा जाँच र त्यहाँका दृश्य कस्तो देखिएला ? अचेल क्यान्टिनमा त सेल्फ सर्भिस छ र खाईसकेपछि डस्टविनमा फालिन्छ तर राउतले भने चेकिङ डेस्कलाई नै डस्टविन बनाउन खोजिन् । एक त सुरक्षा जाँचलाई पालना नगर्ने त्यसैमाथि आफैले कफी लिएर जानुपर्नेमा सुरक्षाकर्मीले दिन खोज्दा पनि नलिएर जानु र सुरक्षा निर्देशन नमान्ने राउतको यो तेस्रो गल्ती थियो ।

गल्ती नम्बर चार : सुरक्षा जाँच गर्ने ठाउँमा जसरी कफी लिन नमानेको र पोखेको देखिन्छ त्यो झनै असभ्य त छ नै, उनलाई ती सुरक्षाकर्मीले तत्काल हिरासतमा लिन सक्थ्यो । सुरक्षा नियम पालना नगर्नेदेखि डिउटीको अधिकारीसँग अभद्र गरेको आरोपमा राउतलाई छानबिनका लागि सुरक्षा इन्चार्जकोमा लगि उनको उडान समेत रद्द गर्न सक्थिन् । डिउटी अधिकारीमाथि चुनौती दिँदै औला ठड्याउँदा पनि सुरक्षा अधिकारीले पुरापुर धैर्य र संवेदनशीलता अपनाएको देखिन्छ ।

जहाँसम्म प्रहरी अधिकारीले राउतको हात समातेर कफी लैजान भनेको छ र उनले अटेरी गरेपछि उनकै झोलामा कफी खन्याउन खोजेको छ, यो परिस्थितिमा उनलाई जय नेपाल भन्दै सल्यूट ठोकेर स-सम्मान गइस्योस् भन्दै पठाउन सकिँदैनथ्यो । ती महिला अधिकारीको ठाउँमा अर्कै कोही त्यस्तै अधिकारी हुन्थ्यो भने राउतलाई तत्कालै समातेर कस्टडीमा लैजान पनि सक्थिन् । तर ती प्रहरी अधिकारीले आफूमाथि औला ठड्याउँदा समेत संयमित देखाएकी छिन् ।
व्यस्त सुरक्षा जाँच, त्यसैमाथि डिउटीको सुरक्षा अधिकारीसँग गरेको व्यवहार हेर्दा जे जस्तो अवस्थामा जे जति संयमितता अपनाउनु पर्थ्यो त्यो पुरापुर पुरा गरेको छ । एक त ओभर डिउटी, त्यसैमाथि अटेरी । गल्ती पनि गर्ने अनि उल्टै बर्दीको अधिकारीलाई औला ठड्याउने राउत शैली कदापि मर्यादित मान्न सकिँदैन ।

गल्ती नम्बर ५ : यति भइसकेपछि पनि उनले गाडीबाट जुन शब्द प्रयोग गरी सिङ्गो प्रहरी सङ्गठन र सुरक्षा संवेदनशीलतालाई चुनौती दिने गरी फेसबुकमा लाइभ बोलेकी छिन् त्यो अर्को महागल्ति हो ।

मानी लिऔँ सुरक्षाकर्मीबाट गल्ती नै भएको रहेछ भने पनि त्यसको कानुनी उपचार खोज्न सकिन्छ । सभ्य र मर्यादित भाषामा प्रश्न उठाउन सकिन्छ तर सुन्नेलाई पनि शरम लाग्ने गरी नीच शैलीमा गरिएको गालीले उनको असली रूप मात्र देखाएन उनका हजारौँ फ्यानहरूका लागि पनि लज्जा बोध गराएको छ । र, उनको यो शैली र व्यवहारले कलाकारको मर्यादा र सम्मान कदापि बढाउँदैन । मुढे बल र मनमौजीशैलीबाट कानुनी शासन बनाउन खोज्नु मूर्खता हो ।

डिउटीको प्रहरी अधिकारीमाथि भएको अभद्र व्यवहार र गाली गलौचको कानुनी उपचार हुनुपर्छ । कुनै पनि बहानामा अराजकता मच्चाउने छुट कसैलाई पनि दिइनु हुँदैन ।

देश बनेन भनेर विदेशी सिको खोज्ने तर विदेश कसरी बने भनेर नसम्झिने हामी नेपालीले सुरुवात आफैबाट गर्नुपर्छ भन्ने कुरा पहिला सम्झौँ । के विदेशी विमानस्थलमा सुरक्षा जाँचमा यस्तै गरिन्छ ?

हो, प्रहरीभित्र पनि सुधार्नु पर्ने पक्षहरू धेरै छन् तर आफू नसुध्रिने अरूबाट मात्रै सुधारको आस गरेर कदापि हामीले खोजेको जस्तो सभ्यता भेटिँदैन । पहिला आफू सभ्य बनौँ त्यसपछि अरूबाट सभ्यता खोजौँ । सम्मान मागेर पाउने चिज होइन, पहिला दिनुपर्छ त्यसपछि माग्नै पर्दैन आफै आउँछ ।

प्रतिक्रिया दिनुहोस