२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायती राजदूत तेहरानबाट पक्राउ, सोधपुछपछि रिहा

अ+ अ-

तेहरान । विमान दुर्घटनामा ज्यान गुमाएका मानिसहरूको सम्झनामा आयोजित कार्यक्रममा राजदूत सहभागी भएको निहुँमा इरानका लागि बेलायती राजदूतलाई तेहरानले आइतबार पक्राउ गरेको छ ।

कार्यक्रममा जम्मा भएका इरानी नागरिक नै सरकार विरोधी प्रदर्शनमा सहभागी बनेपछि इरानले राजदूतलाई केही समय सुरक्षा नियन्त्रणमा लिई आवश्यक सोधपुछ गरेको पुष्टि गरेको छ । राजदूतलाई करिब तीन घण्टापछि छोडिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गत हप्ता तेहरानमा ‘दुर्घटनाग्रस्त’ यूक्रेनी विमानलाई ‘भूलवश’ खसालिएको इरानी अधिकारीहरूले स्वीकार गरिसकेपछि तेहरानमा भएको सरकार विरोधी प्रदर्शनपछि इरानका लागि बेलायती राजदूतलाई पक्राउ गरिएको हो ।

राजदूत रब मकेयरलाई नियन्त्रणमा लिइएको घटनालाई बेलायतले ‘अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन’ भनेको छ । राजदूत मकेयर कार्यक्रम सकेर दूतावास फर्किने क्रममा कपाल काट्न एउटा सैलुनमा रोकिएका समय इरानी अधिकारीले उनलाई पक्राउ गरेका बताइएको छ ।

यसैबीच, बेलायतको विदेशमन्त्री डोमिनिक राबले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘तेहरानमा हाम्रा राजदूतलाई कुनै कारणविना पक्राउ गर्नु ‘अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन’ हो ।’

तेहरानबाट सुरक्षाकर्मीले एक विदेशी केहीबेर सुरक्षा नियन्त्रणमा लिएको तर सोधपुछका क्रममा उनी इरानका लागि बेलायती राजदूत भएको थाहा भएपछि तत्काल रिहा गरिएको इरानको विदेश मन्त्रालय पनि एक विज्ञप्तिमार्फत बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उनलाई पक्राउ गरिएको थिएन तर गैर–कानूनीरूपमा गरिएको भेलामा ‘अपरिचित विदेशी’ देखिएपछि पक्राउ गरी सोधपुछ गरिएको थियो । उनको परिचय खुलेपछि प्रहरीले उनलाई करिब १५ मिनेटपछि रिहा गरेको थियो ।’

प्रतिक्रिया दिनुहोस