काठमाडौँ । पञ्चकन्या ग्रुपले सिपिभिसीको नयाँ दुई ग्रेडको पाइप नेपाली बजारमा सार्वजनिक गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच प्लास्टिक पाइप उत्पादनमा अग्रणी कम्पनीले ‘फेल्म प्रो पाइप तथा फिटिङ्स(फाइर स्प्रिंकल सिरिज)’ र ‘ट्रान्सप्यारेन्ट फिटिङ्स’ नामक दुई नयाँ ग्रेडका पाइप आधिकारिक रूपमा सार्वजनिक गरेको हो ।
नयाँ उत्पादनमध्ये फेल्म प्रो पाइप आगो प्रतिरोधात्मक, जडान गर्न सजिलो, नन–कोरोसिब, केमिकल तथा युभी रेसिस्टेन्टलगायत विशेषतायुक्त रहेको कम्पनीको भनाइ छ । पाइप वातावरणीय हिसाबले अनुकुल, तुलनात्मक रूपले किफायती र सस्तो रहेको कम्पनीको भनाइ छ ।
ट्रान्सप्यारेन्ट फिटिङ्स तातो चिसो पानीका लागि उपयुक्त, पारदर्शी, जडान गर्न सजिलो हुनुका साथै जडान गर्न महँगो सामग्री नचाहिने, सामान्य सिपिभिसी पाइपभन्दा बलियो र बढी चाप बहन गर्न सक्ने क्षमताको रहेको कम्पनीले जनाएको छ । उक्त उत्पादनलाई पलम्बिङ सिस्टममा नयाँ विकल्पको रूपमा लिन सकिने कम्पनीले जनाएको छ ।
दुवै उत्पादन विश्वप्रसिद्ध जापानिज सेकिस्युस कम्पनीको कच्चापदार्थ प्रयोग गरिने र आइएसओ ९००१ः२००१५ स्ट्यान्डर्ड बनाइने हुँदा कम्तीमा ५० वर्षसम्म टिकाउ हुने बताइएको छ ।