२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माछाबाट कापी कलम !

अ+ अ-

डोटी । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ नारिदाङ क्षेत्रमा सेती नदी छेउछाउमा बस्ने विद्यार्थीहरू विद्यालय छुट्टी हुने बित्तिकै नदी छेउछाउमा भेटिन्छन् ।

हिउँदको चिसोसँगै एका बिहानै सेती नदीमा पासो निकालिरहेको अवस्थामा चौखान माविमा कक्षा ६ मा अध्ययन विद्यार्थी विक्रम नेपाली भेटिए । हाम्रो भलाकुसारीको क्रममा उनले भने ‘साँझ बिहान नदीमा आउनु हाम्रो दैनिकी जस्तै हो’ आफ्नो घरायसी आर्थिक स्थित कमजोर भए पनि नदीबाट माछा मारेर किताब कापी किन्नको लागि पुगिरहेको समेत उनले प्रतिक्रिया दिए ।

बिहानको समयमा भेटिएका उनी मात्र होइनन् उनकै छेउमा रहेका चौखान माविमा कक्षा ७ मा अध्ययनरत अर्का विद्यार्थी भक्त नेपालीले पनि माछा बाट आफ्नो कापी, कलम किताब, ड्रेस किन्नको लागि खर्च पुर्‍याउनुका साथै घर खर्च चलाउन समेत सहयोग पुगेको बताए ।

साँझ बिहानको दुःख गराइले आफ्नो किताब कापीका साथै दैनिक नास्ता खर्चको लागि घरपरिवार बाट पैसा माग्नु नपर्ने नदीकै छेउमा भेटिएका चौखान माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी नारद नेपाली बताउँछन् । उनी भन्छन् ‘दैनिक रूपमा एक जनाले ५,६ वटा पासो थाप्ने गरेका हुन्छन् कसैको पर्छ कसैको पर्दैन तर पनि पासो दिनहुँ थाप्न सके सके कम्तीमा वार्षिक रूपमा ३०,४० हजार सम्म कमाई गर्न सकिन्छ’ दैनिक रूपमा करिब ४०,५० जना विद्यार्थीहरूले पासो, जाल थाप्ने गरेको समेत नारद बताउँछन् । दलितका विद्यार्थीहरू मात्र होइनन् गैर दलितका विद्यार्थीहरूले पनि पासो थाप्ने गरेको नारद बताउँछन् ।

विद्यार्थीहरूले माछाहरूलाई स्थानीय भाषामा छीडि बनाएर विक्री गर्ने चलन रहको छ । एउटा छिँडीमा तिन पिस राखिएका हुन्छन् । एउटा माछालाई ठुलो भएको अवस्थामा ६ पिस र सानो भएको अवस्थामा ३ पिस बनाउने गरेको भेटिन्छ । बजारमा प्रति छीडी माछाको रु ५० देखि ७० रुपैयाँ सम्म बिक्री वितरण हुने गरेको छ भने खुला रूपमा प्रति के.जी.पाँच सय देखि ६ सय रुपैयाँका दरले बिक्री वितरण गर्ने गरेको स्थानियबासीहरु बताउँछन् ।

पासो तथा जाल थाप्दा कहिले पर्ने कहिले नपर्ने कुनैको १,२ माछा मात्र पर्ने कुनैको ४,५ माछा सम्म पर्ने भएको हुँदा माछा भाग्यमा भएपछि मात्र दिनहुँ पर्ने बुझाई बिद्यार्थिहरुको छ ।

सेती नदीमा प्राय गैँडा, सट्टा, क्लज, भोटे, टोट्या, पोगो, गुज, जल खबर नामका स्थानीय जातका माछाहरू पासो,जाल, बल्छी,महाजाल थापेर मार्ने गरेको विद्यार्थीहरू बताउँछन् । माछा चिसोको समयमा अलि कम र गर्मीको समयमा बढी मर्ने गरेको पाइन्छ । माछा मार्नका लागि प्रयोग गरिने जाल, पासो आफै बनाउन सकिने धागो मात्र किन्नु पर्ने धागो किन्दा धागोको मूल्य एक सय देखि पाँच सय रुपियाँ सम्म पर्ने गरेको विद्यार्थीहरू बताउँछन् ।

नारिदाङ क्षेत्रको नदी छेउछाउ तिर बसोबास गर्ने प्राय विद्यार्थीहरू विद्यालय छुट्टी हुने बित्तिकै साँझ नदीमा पासो थाप्नमा र बिहान पासो उतार्नमा देखिने गरेको नारिदाङ बजारमा होटेल सञ्चालन गरिरहेका स्थानीय दीपेन्द्र माझी बताउँछन् । उनले भने ‘सेती नदी नजिक छ विद्यार्थीहरूले फुर्सदको समय साँझ बिहान मिलाएर समयको सदुपयोग गरिरहेका छन् आफ्नो किताब कापी खर्च चलाई रहेका छन् ।’

माछाको बजार मूल्य अनुसार एक जना व्यक्तिले दैनिक रूपमा २ वटा माछा मात्र मार्न सकेको अवस्थामा प्रति माछा सयका दरले मासिक रूपमा ६ हजार रुपियाँ कमाउन सकिने देखिन्छ ।

नारिदाङ क्षेत्र डोटी जिल्लाको सहज रूपमा माछा पाइने क्षेत्रको रूपमा चिर परिचित भए पनि व्यवसायी रूपमा माछा पालन तथा माछा मार्ने काम भने हाल सम्म कसैले सुरुवात गरेको देखिदैन् ।

प्रतिक्रिया दिनुहोस