२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपयोगिताविहीन हुँदै हुलाक सेवा, नयाँ पुस्तालाई छैन जानकारी

अ+ अ-

लमजुङ । लमजुङस्थित जिल्ला हुलाक कार्यालयसहित सबै हुलाक उपयोगिताविहीन बनेको छ ।

विगतमा अति उपयोगी र प्रभावकारी सञ्चारसेवा गर्दै आइरहेको हुलाक सेवा पछिल्लो समय अनुकूल र प्रविधिमैत्री हुन नसक्दा प्रयोगहीन बन्दै गएको हो । चिठीपत्र आदाप्रदान गर्ने चलन हराउँदै गएको र नयाँ–नयाँ प्रविधि र सञ्चारका तरौतरिका अनुरुप हुलाकले सेवा दिन नसकेपछि यसको प्रभावकारिता र उपयोगिता घट्दै गएको जनाइएको छ ।

दूधपोखरी गाउँपालिकाका वृद्ध ९५ वर्षीय विकास घिमिरेले भने, ‘हुलाक दाइ गाउँमा आएको देखेपछि विदेशमा गएका छोरा र आफन्तको खबर आयो कि भन्दै सोध्ने गर्दथ्यौँ, खबरको माध्यम भनेकै चिठीपत्र थियो ।’

अहिले नयाँ पिँढीलाई हुलाक सेवा भनेकै थाहा छैन । बेँसीशहर नगरपालिका–८ की १७ वर्षीया सिर्जना श्रेष्ठले भने, ‘हुलाक भनेको सुनेको छु तर यसको काम के हो ? कुनै जानकारी छैन ।’ उनलाई अहिलेसम्म हुलाक सेवा आवश्यकता परेको छैन ।

निमित्त हुलाक अधिकृत ज्ञानेन्द्र मरासिनीले प्रविधिको युगसँगै हुलाकको ढाँचा परिवर्तन हुन नसक्दा सरकारी कामकाजका चिठी, पत्रपत्रिका आदानप्रदान, हुलाक टिकट बिक्री, कहिलेकाहीँ बैंकबाट ऋण लगेर भाका नाघेका व्यक्तिलाई चिठी पठाउनेलगायतका मात्रै हुने गरेको जानकारी दिने । अहिले हुलाक सेवाबाट भन्दा इन्टरनेट, इमेल, मोबाइल, वेबसाइटजस्ता नयाँ प्रविधिले छिटो–छरितो सञ्चार सेवा प्रवाह गर्ने भएकाले हुलाक सेवा उपयोगीविहीन बन्दै गएको उनले बताए ।

जिल्ला हुलाक कार्यालयमा सरकारी चिठी र केही व्यक्तिको पार्सललगायतका १०/१२ वटा चिठी दैनिक आउने गरेकोे छ । जिल्लामा एक जिल्ला हुलाक कार्यालय, १० इलाका, ५० अतिरिक्त हुलाक गरी ६१ हुलाक कार्यालय छन् । यी सबै कार्यालयमा २१० भन्दा बढी कर्मचारी छन् ।

प्रतिक्रिया दिनुहोस