७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रमण वर्षमा पाँच पर्यटकीय गन्तव्यस्थल

अ+ अ-

लहान । भ्रमण वर्ष २०२० का लागि सिरहा जिल्लाको ५ स्थलहरुलाई पर्यटकीय गन्तव्यस्थलको सूचीमा राखिएको छ ।

ऐतिहासिक सांस्कृतिक महत्व बोकेको सिरहाको लहानस्थित सलहेश फूलबारी, पकडीया गढ, राजदेवी पञ्चावती मन्दिर, जिल्लाको मैसोथास्थित राजा सलहेश गहबर क्षेत्र र कर्जन्हा नगरपालिका–१ बन्दीपुरस्थित बाबा ताललाई भ्रमण वर्ष २०२० को गन्तव्यस्थलको सूचीमा राखिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षित गर्न सक्ने महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा रहेका ती स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गरिएको भ्रमण वर्ष २०२० प्रदेश २ समन्वय समितिका सदस्य तथा लहान नगरपालिका–७ का वडाध्यक्ष राकेश गुप्ता रोशनले जानकारी दिए ।

जिल्ला समन्वय समितिको पहलमा नेपाल सरकारले सूचीकृत गरेको सिरहाको प्रमुख ५ पर्यटकीयस्थलमा भ्रमण वर्षभित्र करिब ५ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना बनाएर अघि बढे्को रोशनको भनाइ छ ।

भ्रमण वर्षभित्र सिरहा जिल्लालाई सलहेश सर्किटका रुपमा चिनाउने लक्ष्यसहित लहान नगरपालिकास्थित सलहेश फूलबारीलाई विशेष पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको भ्रमण वर्ष २०२० जिल्ला समन्वय समितिका संयोजक अशोकलाल अमात्यले बताए ।

पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत पर्यटकीयस्थलमा सरसफाइसँगै ती स्थानसम्म पुग्न सवारीसाधन तथा अन्य आवश्यक सेवा सुविधाहरुको व्यवस्थासमेत मिलाइएको संयोजक अमात्यको कथन छ । संयोजक अमात्यका अनुसार भ्रमण वर्ष २०२० को पहिलो दिन अर्थात १ जनवरीमा नेपाल भ्रमणका लागि आएका करिब ५ हजार भारतीय पर्यटकलाई जिल्लासँग जोडिएको भारतीय सीमावर्ती नाकामा स्वागत गरिएको छ ।

समन्वय समितिले छुट्टाछुटै टोली बनाएर भारतसँग सीमा जोडिएको सिरहाको ठाडी, बरियारपट्टी र माडरमा भारतीय पर्यटकहरुलाई फूलमाला र गम्छाले स्वागत गरेको संयोजक अमात्यले जानकारी दिए । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई सफल बनाउन सिरहाका प्रमुख पर्यटकीय क्षेत्रहरुको देश र विदेशमा प्रचारप्रसारलाई तीव्रता दिएको हो ।

सलहेश फूलबारी, राजदेवी पञ्चावती मन्दिर, पतारी पोखरीलगायतका धार्मिक क्षेत्र तथा बाबाताल जस्ता व्यापक पर्यटक भित्र्याउन सक्ने पर्यटकीय क्षेत्रहरु रहेकाले त्यसको प्रचारप्रसारसँगै पर्यटकहरुलाई आकर्षित गर्ने योजनाहरुसमेत बनाएको जनाएको छ ।

पर्यटकका लागि होटलहरुमा उचित बाससँगै होमस्टे(घरवास)समेत निर्माण गर्न लागिएको संयोजक अमात्यले उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस