५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनेरास्ववियुको पूर्णता

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले पूर्णता पाएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बाट बनेको अनेरास्ववियुको ३३५ केन्द्रीय सदस्य चयन गर्दै पूर्णता पाएको हो । गत जेठ ३ गते नेकपाले अनेरास्ववियुका संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङलाई तोके पनि पूर्णता पाउन सकेको थिएन ।

यसअघि अनेरास्ववियुले जिल्ला कमिटीलाई पूर्णता दिइसकेको छ । साविक अनेरास्ववियुबाट १८० र क्रान्तिकारीबाट १५५ केन्द्रीय सदस्यमा अटाएका छन् । अनेरास्ववियुका इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज विनोद ढकाल तथा संयोजक महर र सहसंयोेजक तामाङसहितको ‘फ्रयाक्सन कमिटी’को बैठकले पूर्णता दिइएको हो ।

नवगठित कमिटीमा १११ केन्द्रीय सदस्यको सचिवालय र ४५ जनाको स्थायी कमिटीसमेत गठन गरिएको छ । केन्द्रीय कार्यालय कमिटीपछि तोकिने संयोजक महरले जानकारी दिए । केन्द्रीय कमिटीसँगै २१ सदस्यीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगसमेत गठन गरिएको छ ।

निर्वाचन आयोगमा संयोेजक भाष्कर खनाल र सचिव गजेन्द्र देव, लेखा आयोगमा संयोजक धर्मेन्द्र रोकाय र सचिव मदन भुल, अनुशासन आयोगमा संयोजक प्रविणा अधिकारी र सचिव खेम मरासिनी रहेका छन् । नेकपामा विद्यार्थीसँगै अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, राष्ट्रिय युवासङ्घ, प्रेस सङ्गठन नेपाल, इञ्जिनीयरिङ एशोसिएशन, निर्माण व्यवसायी सङ्गठनले समेत पूर्णता पाइसकेको छ ।

अनेरास्ववियुका सहसंयोजक तामाङले पूर्णता पाएको कमिटीसहित अनेरास्ववियुको राष्ट्रिय भेला यही पुस २७ गते र केन्द्रीय कमिटी बैठक पुस २८ गते डाँकिएको जानकारी दिए । अनेरास्ववियुले माघ पहिलो हप्तासम्म प्रदेश कमिटी गठन गर्नेसमेत भएको छ । प्रदेश कमिटीमा चार प्रदेश साविक अनेरास्ववियु र तीन प्रदेशमा क्रान्तिकारीलाई पाउने सहमति भएको छ ।

उनले अनेरास्ववियुलाई पूर्णता दिएर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको तयारीमा लाग्ने बताए । अनेरास्ववियुले क्याम्पस एकाइ कमिटीलाई भने पूर्णता दिन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस