नेकपाको सचिवालय बैठक बस्दै, सभामुख र राष्ट्रियसभा उम्मेदवार टुङ्ग्याउने तयारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेकपाको सचिवालय बैठक बस्दै, सभामुख र राष्ट्रियसभा उम्मेदवार टुङ्ग्याउने तयारी


१८ पुस २०७६, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक आज(शुक्रवार) बिहान बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा साढे आठ बजे बैठक बस्न लागेको हो ।

बैठकमा सभामुख पदको उम्मेदवार छनोट र राष्ट्रियसभा निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुदैछ ।

बिहीबारको सचिवालय बैठकमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएपछि पुन आज बस्न लागेको हो ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेपछि रिक्त रहेको सभामुख पदका लागि लागि पूर्व एमालेबाट सुवास नेम्वाङ र पूर्व माओवादीबाट अग्नि सापकोटाको नाम चर्चामा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस