हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई टेलिफोनमार्फत अभद्र गाली गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
मादक पदार्थ सेवन गरी टेलिफोनमार्फत मुख्यमन्त्री पौडेललाई अभद्र व्यवहार गरेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौले नुवाकोटको तावी गाउँपालिका–३ का पुष्पराज पाण्डेलाई पक्राउ गरेको हो।
पाण्डेलाई सोमबार दिउँसो पक्राउ गरिएको जनाइएको छ ।
पक्राउ परेका पाण्डे एक अन्तर्राष्टिय गैरसरकारी संस्थामा आवद्ध रहेको बताइएको छ।