१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल भ्रमणको उत्कृष्ट चाहना छ : बहराइन पर्यटनमन्त्री

अ+ अ-

काठमाडौँ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनका उद्योग, व्यवस्थापन तथा पर्यटनमन्त्री जायद बीन रसिद अल जायनीलाई नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेका छन् ।

आगामी जनवरी १, २०२० मा नेपालमा आयोजना हुने मिनिष्ट्रियल क्यानलेभ तथा नेपाल भ्रमण वर्ष २०२० को समुद्घाटन कार्यक्रममा सहभागिता हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको तर्फबाट पर्यटन मन्त्री जायनीलाई मंगलबार निमन्त्रणापत्र हस्तान्तरण गरे । मानमास्थित मन्त्रीको कार्यालयमा भएको भेटका क्रममा राजदूत सुन्दासले उहाँलाई निमन्त्रणा पत्र हस्तान्तरण गर्नु साथै मानमास्थित नेपाली राजदूतावासले जनवरी १३, २०२० मा आयोजना गर्ने नेपाल भ्रमण वर्षको समुद्घाटन कार्यक्रममा समेत प्रमुख अतिथिको रुपमा सहभागिताका लागि आमन्त्रणा गरे ।

भेटमा मन्त्री जायनीले दुवै समारोहमा निमन्त्रणा गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै आफू र आफ्नो परिवारको नेपाल भ्रमणमा उत्कट चाहना रहेको जानकारी दिएको राजदूतावासले जनाएको छ ।

उनले नेपाल भ्रमण वर्षको अवसरमा बहराइनमा हुने कार्यक्रममा सहभागी हुने जानकारी समेत दिए । राजदूत सुन्दासले पर्यटन तथा व्यापार प्रवर्द्धन गर्न दुईदेश बीच सिधा हवाई सम्पर्क आवश्यक रहेकोमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस