१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । आइतबारदेखि सुधार देखिएको बजारमा आज भने करीब १८ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.७७ बिन्दुले बढेर एक हजार १६८.५८ मा पुगेको छ । कूल १.५४ प्रतिशतका आधारमा नेप्सेमा सुधार देखिएको हो ।

त्यस्तै सेन्सेटिभ परिसूचक २.९४ विन्दुले बढेर २५४.५३ मा पुगेको छ । नेप्सेमा उछाल आउँदा कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १७७ कम्पनीको १७ लाख ५४ हजार ३६३ कित्ता शेयर रु ५९ करोड ५७ लाख ६४ हजार ५४४ बराबरको कारोवार भयो ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको बाहेक अरु सबै उपसमूहको शेयर वृद्धि भएको छ । सामूहिक लगानी कोष ०.०९ विन्दुले घट्दा बैंकिङ ३.३२, व्यापार १५.५७, होटल ४६.९९, विकास बैंक १६.४४, जलविद्युत् ७.७६, वित्त ११.५४,निर्जीवन बीमा १५८.८, उत्पादन ११३.८९, अन्य ३१.६४, लघुवित्त ३०.७४, जीवन बीमा १७०.८८ विन्दुले बढेको छ ।

कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु पाँच करोड ८५ लाख ६० हजार १५२ बराबरको कारोवार भयो । यस्तै नवील बैंक रु चार करोड ९९ लाख ६८ हजार ५२४, नेपाल बैंक लिमिटेड रु चार करोड ७३ लाख ६५ हजार २७२, एनसिसी बैंक रु तीन करोड ७४ लाख १४ हजार ५९६, नागरिक लगानी कोष रु तीन करोड ४८ लाख ७८ हजार ३९४, एनएमबी बैंक रु तीन करोड १९ लाख ७६ हजार १८५ र हिमालय डिस्टिलरी रु दुई करोड ४७ लाख ८५ हजार ३६० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार नागरिक लगानी कोषका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनी ९.९२, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ९.८६, शिवम् सिमेन्ट ९.८६, गुराँस लघुवित्त वित्तीय संस्था ९.८४, सिर्जना फाइनान्स ९.७१ र युनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ८.५२ प्रतिशतले कमाए । त्यस्तै पाँचथर पावर कम्पनी ७.०१, दिव्यश्वरी हाइड्रोपावर ३.७०, खानीखोला हाइड्रोपावर ३.७०, तिनाउ मिसन डेभलपमेन्ट बैंक २.५८, कालिका पावर कम्पनी २.३२ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले २.०४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस