१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से झिनो अङ्कले सुधार

अ+ अ-

काठमाडौं । साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.१७ विन्दुले बढेर एक हजार १५०.८१ विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.२५ विन्दुले घटेर २५१.५९ मा पुगेको छ । झिनो अङ्कले नेप्से सुधार भए पनि कारोवार रकम भने औसतमा सीमित रहेको छ । कूल १६७ कम्पनीका १४ लाख ८८ हजार ३०४ कित्ता शेयर रु ३७ करोड ४४ लाख ६६ हजार ४६५ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज छ उपसमूहको शेयर बढेको छ भने छ उपसमूहको शेयर भने घटेको छ । बैंकिङ ०.९२, व्यापार १०.४६, जलविद्युत् १.६, वित्त ३.०६, निर्जीवन बीमा २४.२ र जीवन बीमा ४३.७७ विन्दुले घटेको छ । यस्तै होटल ४४.६१, विकास बैंक ३.४९, उत्पादन ७०.३२, अन्य ५.८१, लघुवित्त १.४६ र सामूहिक लगानी कोष ०.०५ विन्दुले बढेको छ ।

कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४ करोड ७६ लाख ८१ हजार ९३७ बराबरको शेयर कारोवार भयो । यस्तै एनएमबी बैंक रु तीन करोड ३३ लाख ६६ हजार ४६२, नेपाल बैंक रु दुई करोड ८३ लाख, नबिल बैंक रु दुई करोड ५९ लाख २५ हजार १४१, एनसिसी बैंक रु एक करोड ६३ लाख १० हजार १३८ र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड २३ लाख ३२ हजार ७६६ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार शिवम सिमेन्टका शेयरधनीले ९.७६ प्रतिशतले कमाउँदा पाँचथर पावर ९.६२, रिडी हाइड्रोपावर ४.२९, कर्णाली डेभलपमेन्ट बैंक ४.०८, देवः विकास बैंक ३.८८ र विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.७६ प्रतिशतले कमाए । त्यस्तै, नेपाल फाइनान्स ९.८१, अरुण काबेली ६.६६, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ५.९ र सिनर्जी पावरका लगानीकर्ताले ५.५५ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस