३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘वडाध्यक्ष पोषण प्याकेज’ वितरण

अ+ अ-

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–१२ डिर्भनाले ‘वडाध्यक्ष पोषण प्याकेज’ वितरण कार्यक्रमको शुरुआत गरेको छ ।

गर्भवती र सुत्केरीलाई थप पोषिलो खाना खुवाउन पोषण सामग्री वितरण शुरुआत गरिएको वडाध्यक्ष नारायण खड्काले जानकारी दिए । पहिलोपटक गर्भ जाँच गर्नेलाई अण्डा र हरियो झण्डा, दोस्रो र तेस्रो पटक जाँच गर्नेलाई एक क्यारेट अण्डा, एक/एक किलो चना र केराउ वितरण गरिएको छ ।

वडा कार्यालयबाट पोषण प्राप्त हुने सामग्रीको वितरण गरेपछि गर्भवती हुने महिलामा चेतना अभिवृद्धि हुनेसँगै पोषणको मात्रा पनि पूरा हुने भएकाले पोषण कार्यक्रम शुरुआत गरेको उनले जानकारी दिए।

नगरपालिकाका नगरप्रमुख कमल भुसालले मानिसको सबैभन्दा महत्वपूर्ण क्षेत्र स्वास्थ्य भएकाले नगरपालिकाले विशेष खालको योजना बनाएर अगाडि बढेको बताए । वडामा रहेका सबै गर्भ परीक्षण गराएका महिला, सुत्केरी महिलालाई पोषण सामग्री वडाले वितरण गर्नेछ ।

उपप्रमुख ठाकुर विकले वितरण गरिएको पोषणबाट थप केही कुरा सिक्दै नियमितरुपमा शरीरलाई पोषणको मात्रा बढी चाहिने हुनाले पालना गर्नका लागि गर्भवती तथा सुत्केरी महिलालाई आग्रह गरे । प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले गर्भवती रहँदा तथा बच्चा जन्मिसकेपछि पनि स्वास्थ्यलाई स्वस्थ राख्न निकै ध्यान दिनुपर्नेमा जोड दिए ।

महिला तथा दुई वर्षमुनिका बालबालिकाको पोषणको अवस्थामा सुधार ल्याउने उद्देश्यका साथ सञ्चालन भएको सुआहारा कार्यक्रमअन्तर्गत लुम्बिनी सामाजिक विकास केन्द्र अर्घाखाँचीले सहजीकरण गरेको थियो । नगरपालिका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुली, केन्द्रका कार्यकारी निर्देशक कृष्ण पौडेललगायतले पोषणको महत्व माथि चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस