२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगरपालिकाले उदाहरणीय काम गर्नुपर्छ : मन्त्री त्रिपाठी

अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले विरासत बचाउँदै संघीयताको जग बलियो बनाउन काठमाडौँ महानगरपालिकाले उदाहरणीय काम गर्नुपर्ने बताएका छन् ।

महानगरपालिकाको २५औँ दिवसका अवसरमा उनले भने, ‘काठमाडौँको विरासत ठूलो छ, यो राजनीति र प्रशासनिक व्यवस्था परिवर्तनको साक्षी पनि हो, सबै मिलेर यसको गरिमा बचाउनुपर्छ ।’ संघीय व्यवस्थाको जग दरो बनाउन पनि संघीय राजधानी शहरको जग बलियो बनाउनु पर्ने उनको भनाइ छ ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौँको सभ्यता नदीहरुको संरक्षणमा महानगरको मुख्य भूमिका हुने बताए । सांसद् जीवनराम श्रेष्ठले महानगरको विकास र समृद्धिका लागि सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँदै रचनात्मक कामका लागि सुझाव दिए । प्रदेशसभा सदस्य नारायण सिलवालले महानगरको गरिमालाई अझ उँचो बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

सम्मान, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन र मौलिक खानाका प्रदर्शनसँगै शुरु भएको वार्षिकोत्सव शानिवार र आज आइतबार गरी दुई दिनसम्म मनाइने छ । कार्यक्रममा पैदल तथा साइकल यात्राको प्रवर्द्धनका लागि साइकल र्‍याली, दमकल विस्तार गरी वडा नं ६ बाट सेवा शुभारम्भ, उत्कृष्ट व्यक्तिगत करदाता सम्मान, परम्परागत नाच तथा बाद्य गुरु सम्मान, सुशासन पत्रकारिता पुरस्कार वितरणलगायत कार्यक्रमसमेत गरिएको थियो ।

समारोहमा ज्यापु समुदायका परम्परागत ६३ गुथी, खड्गी समुदायका ६० गुथी, गुँला बाजाका २३ समूहका बाजा गुरुलाई नगदसहित सम्मान गरिएको थियो । त्यसैगरी मखं त्वाःकी कुमारी प्रकृति महर्जन र किलाघः त्वाःकी कुमारी रेसुका महर्जनलाई मासिक रु १५ हजार भत्तासहित सम्मान गरिएको छ । इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसि, दीप्याखं, लाखे, आकाश भैरव (सवःद्यः) र श्री करुणामय पँय्ताः बाजाका बाजा गुरुहरूलाई सम्मान गरिएको थियो ।

नगर प्रमुख विद्यासुन्दर शाक्यले महानगरको गौरव र महानगरबासीका चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै त्यसका लागि जस्तासुकै चुनौतीको पनि सामना गर्न तयार रहेको बताए।

प्रतिक्रिया दिनुहोस