३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गर्भवतीको हेलीकप्टरबाट उद्धार

विद्युतको भोल्टेजले शल्यक्रिया भएन

अ+ अ-

डोल्पा । डोल्पाबाट एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल डोल्पामा शल्यक्रिया हुन नसकेपछि गर्भवती महिलाको हेलीकप्टरबाट उद्धार गरिएको हो ।

काईके गाँउपालिकाकी ३२ वर्षिया पासाङ रोकायाको शल्यक्रिया हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत क्षेत्रीय अस्पतालमा पठाइएको जिल्ला अस्पताल प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए ।

सामान्य सत्केरी हुने भनिएपनि सुत्केरी हुन नसकेपछि शल्यक्रियाको लागि तयारी गरेको र शल्यक्रिया गर्नको लागि विद्युतको भोल्टेज नपुगेपछि शल्यक्रिया रोकिएको प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर शंकरप्रसाद राउतले जानकारी दिए ।

जिल्ला प्रशासनका कार्यालय डोल्पाको समन्वयमा महिला बालवालिका मन्त्रालयको राष्ट्रपति महिला तथा बालबालिका उद्धार कोषबाट उद्धार गरिएको हो ।

हाल सम्म यस बर्ष मात्रै डोल्पाबाट १३ जना गर्भवती महिलाको हेलीकप्टरबाट उद्धार गरिएको छ । तर जगदुल्लाबाट उद्धार गरिएकी महिलाको भने आमा र बच्चा दुबैको ज्यान गएको छ ।

विद्युतको तार जलेपछि गर्भवतीको रेफर
‘गर्भवती पासाङ रोकायाको अवस्था सामान्य नै थियो । सामान्य रुपमा बच्चा जन्मिएन शल्यक्रियाको लागि सबै तयारी भयो तर विद्युतको भोल्टेज पुगेन विद्युतलाई अनुरोध गरेर विद्युतको भेल्टेज दिए तर सबै तारहरु जल्यो हामीले काम गर्न नसकेको जस्तो भयो’ ड्यूटिमा रहेको डाक्टर रमेश रोक्काले दुख व्यक्त गरे ।

अन्यत्रको विद्युत काटेर थप भोल्टेज पनि जिल्ला अस्पताललाई दिँदा जिल्ला अस्पतालको सबै विद्युतका तारहरु जलेपछि शल्यक्रिया नहुने र तत्काल लैजान सुत्केरीका आफन्तलाई भनेपछि रोकायालाई हेलीकप्टरबाट सुर्खेत लगिएको डाक्टर रावलले जानकारी दिए ।
हाल जिल्ला अस्पतालमा प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर शंकरप्रसाद राउत, एनेस्थेसिया सहायक सुरेन्द्रप्रसाद शाहले शल्यक्रिया गरिरहेकाछन् । ‘विद्युतको हाइ भोल्टेजले अस्पतालका सबै तारहरु जलेर जेनेरेटरबाट पनि प्रयास गरे सकिएन हामीले ठुलो जोखिम लिन सकेनौ अनि रेफर गरेका हौं’ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर शंकरप्रसाद राउतले भने ।

विशेषज्ञ छन उपकरण छैनन्
जिल्ला अस्पतला डोल्पामा हरेक बेला अनेकन समस्याले सताउने गर्छ । वर्षौँ सम्म विशेषज्ञ आएनन् तर बल्लतल्ल विशेषज्ञ आए तर उपकरणबिहिन छ डोल्पा जिल्ला अस्पताल ।
‘शल्यक्रियाका लागि चाहिनै कुनैपनि सामाग्रीहरु भरपर्दा छैनन । पूराना सामाग्रीहरुछन् ति पनि भने अनुसार चल्दैनन्’ डाक्टर रमेश रोक्काले दुख ब्यक्त गरे । रोक्का भन्छन् ‘हामीले कामै नगरे जस्तो हुन्छ जनशक्ति छ उपकरण छैन ।’

सामान्य उपकरण देखी अक्सिजनसम्म छैन । बिरामीहरु दैनिक भर्ना भैरहेका छन् बिरामीलाई अक्सिजन दिन समेत जेनेटर चलाउन पर्छ । कर्मचारीहरु रातदिन खटिएकाछन ।

प्रदेश सरकारले दिएको जेनेटर जिल्ला अस्पताल सम्म पुग्दा बिग्रीयो । एक बर्ष भयो ५ केभिएको जेनेटर चल्दैन । शल्यक्रिया र एक्सरे गर्न बजारबाटै जेनेटर लिनुुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल प्रमुख सिजन रावलले जानकारी दिए ।

उनी भन्छन्,‘४ लाख ८० हजारको प्रदेशले पठाएको जेनेरेटर आउँदै बिग्रीएको थियो चलेकै छैन । अर्को जेनेरेटर बनाएर सामान्य काम गरिरहेकाछौं हामीसँग उपकरण विद्युतले निकै ठुलो समस्या परिरहेको छ ।’

विद्युत र जेनेरेटर तथा शोलार नहुँदा विशेषज्ञ भएर पनि गर्भवतीलाई को हेलीकप्टरबाट अन्यत्र पठाउनु पर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस