१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वस्थ बनाउन योग

अ+ अ-

बेझाड । नियमित योगाभ्यास गर्न थालेपछि रामपुरकी ३० वर्षीया भगवती गौतमलाई टाउको दुख्ने, हाडजोर्नी दुख्नेजस्ता समस्या कम हुँदै गएको छ । औषधोपचारका निम्ति भरतपुर, बुटवल, काठमाडौँलगायतका विभिन्न ठाउँमा पुगिन् । धेरै ठाउँमा उपचार गरिन् तर निको हुन सकेन । सास रहुञ्जेल आश रहन्छ भनेझैँ अस्पतालको औषधिले निको नभएपछि गाउँमै सञ्चालन भइरहेको योगअभ्यास कक्षामा सहभागी भइन् । नियमितरुपमा योगअभ्यास गर्दै जाँदा अहिले उनलाई टाउको दुख्ने, हाडजोर्नी दुख्ने, ग्याष्ट्रिकजस्ता रोग निको हुँदै गएका छन् ।

“औषधोपचारका लागि धेरै अस्पतालमा पुगे, ब्यथा निको भएन, घर नजिकै योगअभ्यास कक्षा बिहानमा चलिरहेको छ, योग गरे सञ्चो हुन्छ कि भनेर जान थाले, तीन महिना भयो बिहानमा नियमित योग गर्न थालेको अहिले टाउको दुख्ने, हाडजोर्नी दुख्ने, ग्याष्ट्रिक धेरै कम भएको छ”, उनले भनिन् । नियमित योगाभ्यासले रोग कम हुँदै गएपछि उनले अस्पतालका औषधि प्रयोग गर्न छाडेकी छन् ।

उनको जस्तै ५९ वर्षीया तीर्थामाया ढकालको पनि समस्या उस्तै थियो । उहाँ पनि टाउको दुख्ने, ग्याष्ट्रिकजस्ता रोगले पीडित थिए । औषधोपचारका लागि धेरै अस्पतालमा धाइन् तर ब्यथा भने ज्यूँका त्यूँनै रह्यो । ढल्कँदो उमेर त्यसमा पनि रोगले सताएर पीडित बन्नुभएकी ढकालले योगाभ्यास गरे निको हुन्छ कि भनेर योग गर्न थालिन् । योग गर्दै जाँदा अहिले रोगबाट मुक्त छिन् ।

प्रेसरको पीडामा रहनुभएका कृष्ण तिवारी पनि योाअभ्यास गरे रोग निको हुन्छ भनेर सुनेपछि योग गर्न थालिन् । नियमित योग गर्न थालेपछि प्रेसर, ग्याष्ट्रिक रोग निको हुँदै गएको उनी बताउँछिन् । योगाभ्यासले शरीरको रोग निको, शरीर फुर्तिलो हुँदै जाँदा काममा जोस जाँगर बढेको तिवारीले बताइन् । रामपुर नगरपालिका–५ स्थित रेशम सभाहलमा बिहान ५ बजेदेखि ६ः३० बजेसम्म दैनिक नियमित योगअभ्यास कक्षा सञ्चालन भइरहेको छ । यहाँ बालबालिका, युवायुवती, ज्येष्ठ नागरिकको सहभागिता रहेको छ ।

बिहानमा नियमित योग गरेपछि दिनभर कार्यालयको काम, घरको कामको थकान नै मेटिएको योगाभ्यासमा सहभागी युवा गोविन भट्टराईको अनुभव छ । योगाभ्यास कक्षामा ४५ जना आबद्धमध्ये दैनिक ३० नियमित उपस्थिति हुने गरेका रामपुर पतञ्जलि योगअभ्यास समितिका कोषाध्यक्ष सूर्यप्रसाद श्रेष्ठ बताउँछिन् । उनका अनुसार प्रतिव्यक्ति मासिक रु ५० लिने गरिएको छ ।

“जाडोयाममा हलभित्र कार्पेटको समस्या, खुल्ला झ्याल रहेकाले चिसोका कारण गर्मीयामको तुलनामा नियमित योगाभ्यास गर्न आउनेको उपस्थिति कम छ”, उनले भनिन् । नगरपालिकाका दशवटै वडा, टोल बस्तीमा योगाभ्यास चलाउने योजना समितिले बनाएको छ । नगरपालिकाले योगाभ्यास गर्ने भवन, हलको व्यवस्थापन गरिदिए प्रत्येक वडा, गाउँ, टोल बस्तीमा गएर नियमित योग कक्षा सञ्चालन गर्ने तयारी रहेको रामपुर पतञ्जलि योग समितिका अध्यक्ष ओमप्रकाश रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस