२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोपोन्मुख चराको बासस्थान बन्दै मेचीनगर

अ+ अ-

भद्रपुर । झापाको मेचीनगर नगरपालिकामा लोपोन्मुख अवस्थामा पुगेका बगाले बगेडी, राज हुट्ट्यिाउँ, राजधनेशलगायत ४०० बढी चराका प्रजाति पाइने गरेको छ ।

चराविद् देवेन्द्र खरेलका अनुसार नेपालको चितवन राष्ट्रिय निकुञ्ज, कोशी टप्पुलगायतका संरक्षित क्षेत्रबाहेक सबैभन्दा बढी प्रजातिका चरा झापाको मेचीनगरमा रहेका छन् ।

विगत चार वर्षदेखि वाइल्ड लाइफ फोटोग्राफीमार्फत चरासम्बन्धी विशेष अनुसन्धान गरिरहेका खरेलले मेचीनगरमा सिमसार क्षेत्र, सामुदायिक वन र पहाडको सीमासँग जोडिएको क्षेत्र धरै भएका कारण चराका प्रजाति बढी पाइने गरेको जानकारी दिए ।

मेचीनगर–८ जोरसिमलस्थित पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ रहेको १०० मिटर सिमसार क्षेत्रमा मात्र ४० प्रजातिका चरा रहेको र पछिल्लो समय पोखरामा मात्र पाइने लोपोन्मुख अवस्थाको पहेँलो बगाले बगेडीसमेत यही क्षेत्रमा पाइएको बताए । उनले चोरी सिकारीका कारण पहेँलो जातको बगेडी नेपालमा हराइरहेको अवस्थामा यही क्षेत्रमा मात्र पाएको जिकिर गरे ।

सो क्षेत्रलाई मेचीनगर नगरपालिकाले चरा संरक्षित क्षेत्र घोषणा गरेर अघि बढ्ने हो भने पर्यटन वर्ष २०२० मा विदेशी पर्यटकलाई पनि तान्न सकिने उनको भनाइ छ । दैनिकजसो बिहान ६ बजेदेखि १० बजेसम्म उनले नगरमा पाइने चराको तस्वीर, भिडियो र नामको सङ्कलन गर्दै आएका छन् ।

धेरै चरा पाइने देशको सूचीमा नेपाल २२ औँ स्थानमा रहेको बताउँदै खरेलले नेपालमा पाइने ९०० प्रजातिका चरामध्ये झापाको एउटै नगरमा ४०० प्रजातिका चरा पाइनु सामान्य नरहेको बताए ।

उनले मेचीनगरलाई चरा मार्न निषेधित क्षेत्र घोषणा गरेर अनुकूल बासस्थान बनाउन स्थानीय सरकारले पहल गर्ने हो भने विदेशी पर्यटक अध्ययन र अवलोकनका लागि ओइरो लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस