१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वका दुई विमानस्थलमा सेवा प्रदान गरिने

अ+ अ-

विराटनगर । पूर्व क्षेत्रको दुई विमानस्थलमा सीता एयर र माउन्टेन हेलिकोप्टरले सेवा प्रदान गर्ने भएको छ । खासगरी धार्मिक पर्यटकका लागि शुरु गरिएको यो सेवाबाट हलेसी महादेव र ताप्लेजुङको पाथीभराको दर्शन गर्न चाहने पर्यटकका लागि निकै फलदायी बन्ने सीता एयरका प्रबन्धक निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए।

उनले पूर्व क्षेत्रमा सबैभन्दा बढी विमानस्थल रहे पनि निजी क्षेत्रले सो विमानस्थलको उपयोग नगरिरहेको अवस्थामा सीता एयरले चालेको पाइलाबाट प्रदेश सरकार र सङ्घीय सरकारको लक्ष्यलाई पूरा गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । सीता एयरले भद्रपुर र विराटनगर विमानस्थलबाट हप्तामा एकपटक सुकेटार र लामिडाँडा उडान भर्ने तथा यी दुवै विमानस्थलबाट हलेसी र पाथीभरा दर्शन गर्न हेलिकप्टर उपलब्ध हुने प्रबन्धक सिंहले जानकारी दिए ।

प्याकेज टूरका लागि एक यात्रुले २३ हजार तिर्नुपर्ने र ती यात्रुले हवाईजहाज एवं हेलिकोप्टरको सुविधा पाउने भनिएको छ । खासगरी पर्यटन वर्ष २०२० लाई लक्षित गरी ल्याइएको सो सेवाले नेपाल–भारतका लागि हजारौँ तीर्थालुले लाभ पाउने अनुमान गरिएको छ । पहाडी क्षेत्रका विमानस्थल ५०० देखि ७०० सम्मको रनवे हुने र यस्ता रनवेमा ठूला जहाज जान नसक्ने अवस्थामा सीता एयरले सेवा शुरु गर्नु यस क्षेत्रका जनताका लागि फाइदा पुग्ने बताइएको छ ।

यही मङ्सिर २९ गतेदेखि शुरु हुने उक्त सेवाबाट यस क्षेत्रका होटल व्यवसायी र ट्राभल्स सञ्चालक उत्साही भएका ट्राभल्स एवं होटल व्यवसायी भविष्य श्रेष्ठले बताए । मोरङ व्यापार सङ्घका अध्यक्ष एवं सीता एयरका प्रवर्द्धक प्रकाश मुन्दडाले नेपाल वायु सेवा निगमले फाटफुट उडान भर्ने सो स्थानका लागि सीता एयरले गरेको प्रयास सराहनीय रहेको बताए ।

प्रतिक्रिया दिनुहोस