वडा सचिव दुई लाख घुससहित रंगेहात पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वडा सचिव दुई लाख घुससहित रंगेहात पक्राउ


२४ मंसिर २०७६, मंगलबार


घुस

काठमाडौँ । सप्तरी महादेवा गाउँपालिका वडा नं. ६ का वडा सचिव नायव सुब्बा नबोनाथ मिश्रालाई दुई लाख घुससहित रंगेहात पक्राउ गरेको छ ।

मिश्राले जन्मदर्ता प्रमाण–पत्र बनाईदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले नायव सुब्बा मिश्रालाई राजबिराज नगरपालिका वडा नं. २ तित्रीगाछीबाट दुई लाख घुससहित रंगेहात नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस