२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथितिको अन्त्य गरिन्छ : मन्त्री ढकाल

अ+ अ-

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अब स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथिति अन्त्य गरिने बताए । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आयोजना गरेको विश्व अपाङ्गता दिवस कार्यक्रममा बोल्दै उनले स्वास्थ्य क्षेत्रको बेथिति अब नरहने बताएका हुन् ।

अस्पतालको बेथिति अन्त्य गर्न र सर्वसुलभ स्वास्थ्यसेवा प्रदान गर्न आफूले विशेषज्ञ डाक्टरसँगको छलफलमा डाक्टरले गर्ने १०ः०० देखि ५ः०० बजेसम्मको ड्यिटीको परिपाटी रहेकाले त्यसलाई हटाउन सुझाव आएको बताए । मन्त्री ढकालले भने, “सेवाको जिम्मा लिएर यस्ता काम गर्नेलाई अव कारवाही गरिन्छ, सरकारी अस्पतालमा १० बजे हाजिर गरेर नाफाका लागि खोलिएका आफ्ना निजी क्लिनिकमा चलाउने बेथितिको अव अन्त्य हुन्छ ।”

बजारमा औषधि महङ्गा छन् र औषधि नै किन्न नसकेर मान्छेहरु रोगसँग लड्न पाएका छ्रैनन् भन्ने सुनेको उल्लेख गर्दै अब औषधि उपचारका सेवा नपाएर, आर्थिक अभावका कारण कोही पनि मर्न नपरोस् र स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नपरोस् भनेर सरकारले काम गरिरहेको उनले बताए । स्वास्थ्यमन्त्री ढकालले विदेशी दाताले दिएको रकम सेवाका नाममा विदेशमै भ्रमण गर्ने र गोष्ठी गरेर रकम सक्ने खालको परिपार्टीलाई पूर्णरुपमा नियन्त्रण गरिने बताए ।

उहाँले कमिसनका आधारमा औजार किन्ने र थन्क्याउने परिपाटीले पनि स्वास्थ्य क्षेत्रमा परिचालन गरिएका रकम यत्तिकै सिद्धिएको भन्ने जानकारी आफूले पाएकाले अब स्वास्थ्य क्षेत्रमा रहेको तमाम बेथितिको अन्त्य गरिने उनको भनाई थियो । स्थानीय तहमा हस्तान्तरण भएका अस्पताललाई सहयोग गर्ने दायित्वबाट सरकारपछि नहट्ने उल्लेख गर्दै उनले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नगर प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मदनसुन्दर श्रेष्ठले अस्पताललाई छारेरोग विशेषज्ञ अस्पतालसहित सम्पूर्ण रोगको गुणस्तरीय उपचार गर्नेगरी सेवा विस्तार गर्दै लगेको बताए । उनले मध्यपुरथिमि क्षेत्रमा रहेका सबै अपाङगता भएकाको शिक्षा, स्वास्थ्य र उनीहरुको आवश्यकता पूरा गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै सबै अपाङ्गता भएका बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था नगरपालिकाले गर्ने घोषणा गरे ।

कार्यक्रममा मन्त्री ढकाल र नगर प्रमुख श्रेष्ठले अभिभावक स्वावलम्बन समूहलाई रोटरी क्लब अफ मध्यपुरले दिएको पाँचवटा ह्वीलचियर प्रदान गरे । त्यसैगरी आर्दश मावि लायकू, मानव विद्यागृह, स्वावलम्न समूह र दिवा कक्षा केन्द्र भूँलाखेलका अपाङ्गता विद्यार्थीका लागि ८८ थर्मस, टिफिन बक्सलगायतका सामग्री प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस