१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुपिन्टारमा एक करोड ८२ लाखको सिँचाइ आयोजना शुरु

अ+ अ-

बनेपा । जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका–२ कुपिन्टारस्थित प्रदेश सरकारको सहयोगमा रु एक करोड ८२ लाखको सिँचाइ आयोजना निर्माण शुरु भएको छ । त्यहाँको करीब ३०० हेक्टर खेतीयोग्य जमीनमा सिञ्चित गर्ने उद्धेश्यले चमेरो ओढार सिँचाइ आयोजना तयार गरी प्रदेश नं ३ सरकारको बजेट सहयोगमा काम थालिएको हो ।

“सिँचाइ आयोजनाका लागि प्रदेश सरकारले रु एक करोड ८२ लाखको योजना स्वीकृत गरी काम अगाडि बढिसकेको छ”, प्रदेशसभा सदस्य रत्न ढकालले भने, “सो आयोजनाबाट करीब ३०० हेक्टर जमीन सिञ्चित हुने र २०० घरधुरीका किसान लाभाविन्त हुनेछन् ।” प्रदेश सरकारको ठूलो आयोजना भएको र त्यसबाट किसानले फाइदा लिन सहज हुनेछ ।

किसानलाई सेवा पु¥याउन गाउँपालिकासँग समन्वय गरेर निर्माण ठेक्का जिम्मा लिने ठेकेदारसँग समयमै काम सम्पन्न गर्न घच्घच्याइएको छ । आयोजना उपभोक्ता समितिका सचिव मानबहादुर घिसिङले कृषि उत्पादनका हिसाबले सबैखाले अन्नबाली र तरकारी उत्पादन हुने ठाउँमा पहिला सिँचाइ अभावका कारण दुई बाली मात्रै लाग्ने भएकामा अब सबै प्रकारका अन्नबाली उत्पादन गर्न मद्दत पुग्ने बताए ।

“आलुबाली, धान, कोदो, कफीखेती, अलैँचीलगायत बेमौसमी खेती गर्न यहाँका किासनलाई धेरै सहयोग पुग्नेछ”, घिसिङले भने, “पानीकै अभावका कारण मकैबालीसमेत भनेको बेलामा लगाउन पाउने अवस्था थिएन ।” कृषि उत्पादनको उर्वरभूमि कुपिन्टार र सोक्तेललगायतका ठाउँमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले भइरहेको कामको अहिलेसम्ममा उपभोक्ताबाट गर्नुपर्ने काममध्ये २६ लाख ६२ हजारको काम भइसकेको उनले बताए ।

निर्माणका लागि आवश्यक पर्ने सामग्री सबै ल्याइसकेकाले उपभोक्ता समितिबाट गर्नुपर्ने काम यही महिनाभित्रमा निर्माण सम्पन्न गरिसक्ने उनको भनाइ थियो । सो सिँचाइ कुलो निर्माणका लागि ठेक्काको काम पाएका निर्माण व्यवसायी दावा घिसिङले विसं २०७५ असार ३० गते सम्झौता भएर सामान ल्याउने काम भइसकेकाले तोकिएको समयमै काम सम्पन्न गर्ने बताए । “सम्झौताअनुसार आगामी २०७७ असार मसान्तसम्ममा काम सम्पन्न गरिसक्नुपर्ने छ, त्यो समयभित्रमा सम्पन्न गरिसक्छौँ”, घिसिङले भने, “मुहानदेखि सिञ्चित ठाउँसम्म पुग्न साँढे चार किलोमिटरको कुलो निर्माण गर्नुपर्नेमा केही भाग उपभोक्ता समितिले र बाँकी काम ठेकेदारले गर्नुपर्नेछ ।”

करीब तीन किलोमिटर ढलान र ‘स्ल्याव’ निर्माण गर्नुपर्ने र ६०० मिटर पाइप हाल्नुपर्ने घिसिङले बताए । त्यसका लागि आवश्यक पर्ने सामान उपलब्ध गरिसकेकाले अब छिट्टै कार्य अगाडि बढाउने उनले बताए । सो आयोजना सम्पन्न भएपछि त्यहाँका किसानको अर्थोपाजर्नमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस