२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मालपोतका नासुको १४ करोड ८१ लाख बढी स्रोत नखुलेको सम्पत्ति !

अ+ अ-

काठमाडौँ । मालपोत कार्यालय सिमरामा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्ता र उनका परिवारका ३ जनासहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले चौध करोड एकासी लाख उनानब्बे हजार तेइस रुपैया बिगो कायम गरी मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मालपोत कार्यालय कलैया दरबन्दी भई सिमरामा कार्यरत रहेका गुप्ताले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारमा परेको उजुरी उपर छानविन गर्दा विभिन्न स्रोतबाट चार करोड चौवन्न लाख बहत्तर हजार दुई सय छयालिस रुपैयाँ बैध आय देखिएको र १४ करोड ८१ लाख ८९ हजार तेइस रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएबाट निजको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएको आयोगले जनाएको छ ।

उनले कमाएको अकुत सम्पत्ति गुप्ताले आफ्नो श्रीमती रीतादेवी¸ छोराहरु विक्की गुप्ता र रकी गुप्ता, अन्य व्यक्तिहरु कविता कुमारी¸ निरजकुमार गुप्ता¸ राजेशकुमार गुप्ता¸ जुगुली प्रसाद र जगतनारायण यादवको नाममा राखेको तथा विभिन्न ठाउँमा लगानी गरेको पाइएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ।

गुप्ता २०४७ असार २७ गते मालपोत कार्यालय मुस्ताङ्गबाट खरिदारको पदमा सेवा प्रवेश गरी २०६४ सालमा नायव सुब्बाको पदमा वढुवा भई मालपोत कार्यालय पर्सा हुँदै मालपोत कार्यालय सिमरामा निमित्त कार्यालय प्रमुखका रुपमा कार्यरत थिए।

उनले सेवा प्रवेश देखि आव २०७५/०७६ सम्मको अवधिलाई जाँच अवधि लिएर अनुसन्धान गर्दा पारिश्रमिक बचत आयरघर जग्गा बिक्री र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा र छोरा रकी गुप्ताको आय र घर बहाल आय समेत गरी ४ करोड ५४ लाख ७२ हजार २ सय ४६ वैध आय आर्जन गरेको पाइएको अख्तियारले जनाएको छ।

गुप्ताले परिवारका सदस्यहरुका नाममा घर खरिद तथा निर्माणमा ४ करोड ८ लाख ५१ हजार, जग्ग्गा खरिदमा ९० लाख १४ हजार १ सय, बैंक तथा वित्तीय संस्थाहरुबाट लिइएका कर्जा र कर्जा चुक्ता समेतमा ३ करोड २७ लाख ४५ हजार १२ रुपैयाँ, पुँजीगत लगायतका कर शीर्षकमा ९ लाख ७० हजार २ सय ६० रुपैयाँ लगानी तथा खर्च गरेको पाइएको थियो। त्यसैगरी सवारी साधन खरिदमा २७ लाख ६२ हजार ५ सय, पार्वती स्टेसनरी र गायत्री निशान अटो कर्प प्रालि र नेपाल रोडसाइड एसिस्टेन्स समेतका व्यवसायहरुमा ७१ लाख, सापटी दिएको ४३ लाख ५ रुपैयाँ दिइएको पाइएको अख्तियारले जनाएको छ।

पारिवारिक लालनपालनलगायतका अतिरिक्त खर्च र शैक्षिक खर्च र सुन चाँदी खरिद र विद्युतीय उपकरण र छोरा विक्की गुप्ताको विवाह लगायतमा ६१ लाख, यसैगरी परिवारका सदस्यहरु बाहेकका अन्य व्यक्तिहरु कविता कुमारी र राजेश कुमार गुप्ता र इन्दिरा देवी काफ्ले लगायतका नाममा दर्ता कायम रहने गरी खरिद गरी राखेका घर र जग्गाहरुमा ५ करोड २७ लाख ८९ हजार ५ सय लगानी भएको अनुसन्धानबाट खुलेको छ।

परिवारको सदस्य बाहेकका अन्य व्यक्ति निरज कुमार गुप्ताको नाममा सवारी साधन जिप खरिदमा ४० लाख, राजेशकुमार गुप्ताको नाममा निशान ट्रेडर्स (पेट्रोल पम्प) मा लगानीमा ४० लाख लगानी, नायव सुब्बा मदनप्रसाद गुप्ता र संलग्न अन्य समेतका नाममा संचालित विभिन्न बैंक खाताहरुमा देखिएको मौज्दात २ करोड ८५ लाख २८ हजार ८ सय ९२ गरी १९ करोड ३६ लाख ६१ हजार १ सय १९ रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको थियो।

यस अवधिमा उनको वैधानिक आम्दानी भने जम्मा ४ करोड ५४ लाख ७२ हजार २ सय ४६ रुपैयाँ मात्रै भएको पाइएको छ। यसरी उनले १४ करोड ८१ लाख ८९ हजार २३ रुपैयाँ भ्रष्टाचार गरेको कमाएको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो।

प्रतिक्रिया दिनुहोस