काठमाडौं । कानुनमन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन् ।
बुधबार मन्त्रीपरिषद् पुनर्गठनका क्रममा पूर्वस्वास्थ्यमन्त्री यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
मन्त्रालय हेरफेरको समयमा मन्त्री यादव भारतमा थिए ।
शुक्रबार स्वदेश फर्किएका मन्त्री यादवले सोमबार कानून मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।