२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीमदत्त नगरपालिकाद्वारा रेडक्रसलाई तीन लाख सहयोग

अ+ अ-

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखालाई रु तीन लाख अनुदान सहयोग गरेको छ ।

नगरपालिकाले रक्त सञ्चार सेवा केन्द्रलाई व्यवस्थित गर्न चालु आर्थिक वर्ष २०७६/७७ मा अनुदानस्वरुप उक्त सहयोग गरेको हो । उक्त चेक भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले हस्तान्तरण गरे । नगरको विकास र स्मृद्धिका लागि साझेदारी तथा सहकार्य गर्न नगरपालिका सदैव तयार रहेको उनले बताए । ‘गत वर्षदेखि हामीले रेडक्रसलाई आर्थिक अनुदान दिन थालेका हौँ’, उनले भने, ‘अन्य विषयमा पनि सहकार्य गरी नगर क्षेत्रमा काम गरेका छौँ ।’

कार्यक्रममा रेडक्रस सोसाइटी कञ्चनपुर शाखाका सभापति टेकराज उप्रेतीले जिल्लामा अहिलेसम्म रक्त सङ्कलनमा कमी नआएको बताए । ‘अहिलेसम्म बिरामीलाई निराश बनाएर फर्काउनु परेको छैन’, उप्रेतीले भने, ‘नगर क्षेत्रका गरीब, असहाय र विपन्न समुदायलाई सहयोग गर्ने उद्देश्यले नगरपालिकाले सहयोग गर्दै आएको छ ।’

प्रतिक्रिया दिनुहोस