३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दिसा–पिसाबले च्यापे कहाँ जाने ? सार्वजानिक शौचालय छैन’

अ+ अ-

काठमाडौं । ‘शौचालयको पहुँचबाट कोही पनि वञ्चित हुन नपरोस्’ भन्ने नाराका साथ सातौँ शौचालय दिवस भोलि विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । स्वच्छ खानेपानी र सरसफाइ संविधानको मौलिक अधिकार भित्र रहेको छ । तर संविधान प्रदत्त अधिकार कार्यान्वयनमा चुनौती रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार शहरी क्षेत्रमा ३०० मिटरको अन्तरालमा सार्वजानिक शौचालय हुनुपर्ने प्रावधान रहेको छ । नेपालका अधिकांश शहरी क्षेत्रमा सो प्रावधानको कार्यान्वयन त परै जावोस् सार्वजानिक शौचालय पनि सीमितरुपमा मात्र छन् ।

लामो सयमदेखि काठमाडौँ उपत्यकाको सार्वजनिक शौचालयको सुधारमा निरन्तर पैरवी गर्दै आएका गुठी नामक गैरसरकारी संस्थाका कार्यकारी निर्देशक प्रकाश अमात्य भन्छन्, ‘नयाँ सार्वजानिक शौचालय बनाउन र भएका शौचालयको व्यवस्थापन तथा सञ्चालनमा राजनीतिक इच्छाशक्ति पटक्कै देखिएन ।’

काठमाडौँ महानगरपालिकाले रत्नपार्क वरिपरि रहेका सार्वजनिक शौचालयबाट मात्र वार्षिक रु १५ देखि रु ६० लाखसम्म बहालकर उठाउँछ । ‘उठाएको रकमको केही अंशमात्र यस क्षेत्रमा खर्च गर्ने हो भने पनि धेरै सुधार आउँछ’, उनी भन्छन् ।

अर्कोतर्फ मुलुकको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबारभित्र एउटा पनि सार्वजानिक शौचालय छैन । सोही संस्थाले गरेको अध्ययनअनुसार काठमाडौँ उपत्यकामा दैनिक हजारौँ मानिस आउजाउ गर्ने अति व्यस्त ठाउँमा सार्वजनिक शौचालय छैनन् ।

सार्वजनिक शौचालय नहुँदा बटुवाहरू बडो सकसमा पर्छन् । यस्ता ठाउँमा दिसा–पिसाबले च्यापेकाहरू नजिकैका होटल, खाजाघर छिरेर भोक नलागे पनि खानेकुरा खान बाध्य भई शौचालय प्रयोग गर्दछन् । समयमा दिसा–पिसाब न त्याग्ने हो भने रोगको सङ्क्रमणसमेत हुने चिकित्सकहरु बताउँछन् ।

खानेपानी तथा सरसफाइ मन्त्रालयका अनुसार ९० प्रतिशत जनसङ्ख्यामा शौचालयको पहुँच रहेको छ । काठमाडौँ महानगरपालिकाको एक अध्ययनअनुसार महानगरमा सरदर २० हजार २८८ जनाको लागि एउटा सार्वजनिक शौचालय उपलब्ध छ । ३२ वडा रहेको महानगरका १६ वडामा त सार्वजनिक शौचालय नै छैनन् ।

हाल महानगरभित्र ५८ वटा मात्र सार्वजानिक शौचालय छन् । तीमध्ये पनि ४९ मात्र चालू अवस्थामा छन् । प्रयोगमा रहेका मध्ये १५ वटा शौचालयमा पानी उपलब्ध छैन । कतिपय शौचालयको फोहोरको निकास सोझै ढलमा मिसाइएको छ ।

कार्यकारी निर्देशक अमात्य भन्छन् ‘उपत्यकाभित्रका अधिकांश सार्वजनिक शौचालयको संरचना खराब रहेको छ ।’ उपत्यका भित्रका ११५ सार्वजनिक शौचालयको अध्ययन गर्दा ७५ प्रतिशत शौचालयको संरचना खराब रहेका थिए ।

प्रतिक्रिया दिनुहोस