१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से ओरालो यात्रामा

अ+ अ-

काठमाडौं । साताको पहिलो दिन नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.५९ विन्दुले घटेर एक हजार १३१.३६ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९३ विन्दुले घटेर २४९.१३ विन्दुमा कायम भएको छ । नेप्से आरोलो लागे पनि कारोवार रकममा भने वृद्धि भएको छ । कूल १६३ कम्पनीको ११ लाख ६७ हजार ६०५ कित्ता शेयर रु ३५ करोड ५१ लाख ५९ हजार ७६८ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर भने घटेको छ । व्यापार २७.०९ र अन्य २.५१ विन्दुले बढेको छ । यस्तै बैंकिङ ०.४७, होटल ५१.६९, विकास बैंक १.२१, जलविद्युत् १७.३६, वित्त ५.७८, निर्जीवन बीमा २६.६४, उत्पादन १०३.५३, लघुवित्त ३.७५, जीवन बीमा १३।१५ र सामूहिक लगानी कोष ०.०६ विन्दुले घटेको छ ।

कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु चार करोड चार लाख ३४ हजार ४३८ मूल्य बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै एनआइसी एशिया बैंक रु तीन करोड ९३ लाख ६२ हजार १५३, एनएमबी बैंक रु तीन करोड २३ लाख ५२ हजार ४३७, नेपाल बैंक लिमिटेड रु तीन करोड १४ लाख ९५ हजार ८३, हिमालयन डिस्टिलरी रु एक करोड २० लाख १९ हजार ८९६ र प्राइम बैंकको रु एक करोड १२ लाख ५० हजार ६९९ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहेको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले ९.९७ प्रतिशतले कमाउँदा घोडाघोडी लघुवित्त वित्तीय संस्था ९.८७, पाँचथर पावर कम्पनी ९.८०, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ७.३१, गणपति माइक्रोफाइनान्स ६.२५ र आँखु खोला जलविद्यु्त् कम्पनीका लगानीकर्ताले ५.५६ प्रतिशतले कमाएका छन् । त्यस्तै शिवम् सिमेन्ट ९.९७, ओरियन्टल होटल ६.३६, गुडविल फाइनान्स ५.७५, खानीखोला जलविद्युत् कम्पनी ५.६०, युनिभर्सल पावर ५.१२, गुरास लघुवित्त वित्तीय संस्था ४.७६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस