४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साग खेलकूद सफल पार्न सरकार कटिबद्ध छ : मन्त्री विश्वकर्मा

अ+ अ-

पोखरा । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकको प्रतिष्ठानसँग जोडिएको १३औँ साग खेलकूद प्रतियोगिता भव्य र सभ्यरूपमा सफल पार्न सरकार कटिबद्ध रहेको बताएका छन् ।

आगामी मङ्सिर १५ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको तयारीबारे प्रचार–प्रसार तथा प्रकाशन समितिद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले प्रतियोगिताका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण भइसकेको जानकारी दिए ।

चुनौतीका रूपमा रहेको भौतिक पूर्वाधार निर्माणसँगै सफलता प्राप्तिका लागि राष्ट्रिय टिम तयारीको काम अगाडि बढाइएको बताउँदै उनले खेलाडीलाई स्वदेश र विदेशमा समेत बन्द प्रशिक्षणमा सहभागिता गराइएको बताए।

दशरथ रङ्गशाला, सातदोबाटोस्थित पौडीपोखरी, पोखरा रङ्गशालामा आवश्यक भौतिक पूर्वाधार निर्माणमा बजेटको कुनै पनि कमी हुन नदिएको बताउँदै मन्त्री विश्वकर्माले प्रतियोगितामा नेपाली खेलाडीले उच्च मनोवलका साथ खेल प्रदर्शन गर्ने वातावरण तयार गरिएका कारण सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

पहिलोपटक १९८४ मा साग खेलकूद प्रतियोगिताको आयोजना गरेर खेल क्षेत्रले गौरव गर्ने इतिहास रचेको नेपालले आठौँ र अहिले १३औँ संकरण पुनः आयोजना गर्ने अवसर प्राप्त गरेको स्मरण गर्दै प्रतियोगितालाई सफल पार्न सम्पूर्ण देशवासीको सामूहिक दायित्व भएको बताए ।

प्रचार–प्रसार उपसमिति सहसंयोजक रञ्जन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार दीननाथ बरालले खेलकूदको माध्यमबाट पोखराको पर्यटन विकासमा सहयोग पुग्ने धारणा प्रकट गरे। यसअघि पोखरा रङ्गशालामा निर्माण भइरहेका भौतिक पूर्वाधारको स्थलगत निरीक्षण गरेको मन्त्री विश्वकर्माले फुटबल मैदानमा दुबो रोप्ने र प्यारापिट निर्माणमा तीव्रता दिन निर्माण कम्पनीलाई निर्देशन दिएका थिए ।

सार्कअन्तर्गत पोखरा रङ्गशालामा महिला क्रिकेट, प्याराग्लाइडिङ, व्याडमिन्टन, महिला फुटबल, भारोत्तोलन, विट भलिबल, ह्याण्डबल, ट्रयाथोलन र आरचरीलगायतका नौवटा खेल सञ्चालन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस