४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख आयोजनालाई बहुवर्षीयरूपमा अगाडि बढाउन निर्देशन

अ+ अ-

रुपन्देही । प्रदेशसभाअन्तर्गत भौतिक पूर्वाधार विकास समितिले प्रमुख आयोजनालाई बहुवर्षीय आयोजनाको रूपमा अगाडि बढाउन मन्त्रालयलाई निर्देशन दिएको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीको उपस्थितिमा बुधबार बसेको समितिको बैठकले मन्त्रालयअन्तर्गत विभिन्न चार महाशाखा प्रमुखहरुलाई उक्त निर्देशन दिएको हो । बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक कार्यक्रममा निर्धारण गरिएको बजेट खर्च, वित्तीय एवं भौतिक प्रगतिका सम्बन्धमा महाशाखा प्रमुखहरुसँग छलफल भएको थियो ।

समितिका सदस्यहरुले योेजना कार्यान्वयनमा देखिएको ढिलासुस्ती र गुणस्तरीय सेवा भए/नभएकोबारे जिज्ञासा राखेका थिए । प्रदेशसभा सदस्यहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौधरीले कानूनी प्रक्रिया र कर्मचारी व्यवस्थापनका कारण काममा ढिलाइ भए पनि अब कामले तीव्रता पाउने बताए।

समितिका सभापति आशा स्वर्णकारको सभापतित्वमा सम्पन्न बैठकमा प्रदेशसभा सदस्यहरु वीरबहादुर राना, नारायणप्रसाद आचार्य, धर्मबहादुरलाल श्रीवास्तव, फकरुद्धिन खान, तारा जिसी, लौटी थारूले प्रदेश सरकारद्वारा सञ्चालित योजनाहरुको प्रगतिबारे जिज्ञासा राखेका थिए । बैठकले आगामी मङ्सिर १९ गतेदेखि प्रदेश सरकारद्वारा सञ्चालित आयोजनाहरुको अनुगमन गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस