१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झिनो अङ्कले घट्यो नेप्से

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । साताको पहिलो दिन नै नेप्सेले ओरालो यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.१८ विन्दुले घटेर एक हजार १३१.८० विन्दुमा झरेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक भने झिनो अङ्कले सुधार भएको छ । सेन्सेटिभ परिसूचक ०.६९ विन्दुले बढेर २४९.०१ मा पुगेको छ । नेप्से ओरालो लागे पनि कारोबार रकममा भने अपेक्षित सुधार देखिएको छ । कूल १६३ कम्पनीको १० लाख आठ हजार ८०९ कित्ता शेयर रु २९ करोड ३१ लाख ४९ हजार ४४ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूह मध्ये आज ५ उपसमूहको शेयर ओरालो लागेको छ भने छ उपसमूहको शेयर भने बढेको छ । बैंकिङ ०.२६, होटल १५.०१, विकास बैंक २.१५, जलविद्युत् ७.२, जीवन बीमा ३९.३७ र सामूहिक लगानी कोष ०.११ विन्दुले घटेको छ । यस्तै वित्त ०.६८, निर्जीवन बीमा २.८३, उत्पादन ९.६७, अन्य ५.६८ र लघुवित्त ४.०१ विन्दुले बढेको छ ।

स्टकका अनुसार कारोबारका आधारमा एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको शेयर कूल रु पाँच करोड ७४ लाख ३१ हजार ७१९ मा कारोबार भयो । यस्तै प्रभु बैंक रु दुई करोड ७५ लाख ४७ हजार ८३२, नेपाल बैंक रु दुई करोड ११ लाख १४ हजार ९९०, माछापुच्छ्रे बैंक रु एक करोड १३ लाख ५५ हजार १३०, एनआइसी एशिया बैंक रु एक करोड सात लाख ९२ हजार ८६ र नबिल बैंकको शेयर रु ७६ लाख ७४ हजार ४४१ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ४.४६ प्रतिशतले कमाउँदा युनियन हाइड्रो पावर ३.८५, खानीखोला हाइड्रोपावर ३.७०, स्वदेशी लघुवित्त वित्तीय संस्था २.९०, गुर्खाज फाइनान्सका लगानीकर्ताले २.७३ प्रतिशतले गुमाए । त्यस्तै रैराङ हाइड्रो पावर ४.८०, तारागाउँ रिजेन्सी होटल ३.५५, सिन्धु विकास बैंक ३.१७, पाँचथर पावर ३।१२ र अरुण काबेली पावरका लगानीकर्ताले ३.१० प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस