३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टरिगाउँ विमानस्थलको स्तरवृद्धि गर्न पहल गर्छु : प्रचण्ड

अ+ अ-

दाङ । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङको टरिगाउँ विमानस्थलको स्तरवृद्धि गर्नका लागि आफूले पहल गर्ने बताएका छन् । तुलसीपुरमा आज तुलसीपुर उद्योग वाणिज्य संघका पदाधिकारीसँगको भेटघाटका क्रममा अध्यक्ष दाहालले वर्तमान अवस्थामा सञ्चालन भइरहेको दाङ विमानस्थलको बिस्तार गर्न आवश्यक रहेकोसमेत धारणा व्यक्त गरे ।

उनले भने, ‘म पटकपटक स्थलगत अनुगमनमा समेत गइसकेको छु, वर्तमान अवस्थामा तत्काल धावनमार्गको बिस्तार गरेर एक हजार २०० मिटर गराउँदा ठूला जहाज पनि बस्नसक्ने अवस्था रहेको छ, यसमा राज्यले थप लगानी गर्नुपर्छ ।’

तुलसीपुर उद्योग वाणिज्य संघले पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाललाई तीनबुँदे ज्ञापनपत्रसमेत बुझाएर यस क्षेत्रको विकास निर्माणका बारेमा ध्यानाकर्षण गराएको छ । त्यस अवसरमा संघका अध्यक्ष वीरबहादुर रावतले दाङ विमानस्थलमा नियमितरूपमा हवाईसेवा सञ्चालन गर्नका लागि इन्धन डिपो स्थापना गर्नुपर्ने, दाङको नारायणपुरमा स्थापना गर्न लागेको अन्तरराष्ट्रिय विमानस्थलको प्रक्रिया तत्काल अगाडि बढाउनुपर्ने मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

त्यसैगरी प्रदेश नं ५ भित्रका सबै जनतालाई पाएकपर्ने स्थानमा तत्काल केन्द्र तोक्नुपर्ने र तुलसीपुर उद्योग वाणिज्य संघले निर्माण गर्न लागेको सभाहल अन्तिम चरणमा पुगेको हुँदा पब्लिक पाटर्नसिपको अवधारणालाई अगाडि बढाउन राज्यकोषबाट केही सहयोग आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख्य गरिएको छ । ज्ञापनपत्रमा निजी क्षेत्रको व्यावसायिक सुरक्षा र लगानिमैत्री वातावरणको सिर्जना हुनुपर्ने उल्लेख गरिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस