२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश प्रमुख हटाउनु स्वाभाविक हो : सभापति पोख्रेल

अ+ अ-

चितवन । कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले प्रदेश प्रमुखलाई पदमुक्त गर्नुलाई स्वाभाविक रुपमा लिनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ चितवनले आज भरतपुरमा गरेको सांसदसँग संवाद कार्यक्रममा बोल्दै सभापति पोख्रेलले प्रदेश प्रमुखहरु सरकारको प्रतिनिधिको रुपमा नियुक्ति भएकाले उनीहरुलाई सरकारले आफ्नो अनुकूलता वा प्रतिकूलतामा फेरबदल गर्नसक्ने स्पष्ट पारे ।

‘उहाँहरुलाई निर्वाचन अघिको सरकारले नियुक्त गरेको हो, अहिले स्पष्ट बहुमतको अर्को सरकार छ । यस्तो अवस्थामा उहाँहरु आफैँले पद छाड्नु बुद्धिमता हुन्थ्यो तर परिस्थिति त्यस्तो भएन । संविधानमा भएको व्यवस्थाअनुसार सरकारले स्वभाविक रुपमा उहाँहरुलाई पदमुक्त गरेको हो’, पोखरेलले भने ।

कानून कार्यान्वय, अन्तराष्ट्रिय सम्बन्धजस्ता विषयमा सरकार पूर्णरुपमा सफल भएको उल्लेख गर्दै पोखरेलले विकास निर्माणका ठूला परियोजनाहरु धमाधम अघि बढिरहेको बताए । उनले भने ‘सुशासनका विषयमा सकारात्मक प्रयासहरु भइरहेकाले जनतासँग भएका प्रतिबद्धताहरु पूरा हुनेछन् ।’

चितवन क्षेत्र नं २ का सांसद पोखरेलले यहाँको विकास निर्माणमा भएका प्रगतिसमेत सुनाएका थिए । आफ्नो निर्वाचन क्षेत्रको केही पहाडी बस्तीमा रहेको विद्युतीकरण र सडकको समस्या छिट्टै समाधान हुने उनले बताए । महासंघ चितवनको भौतिक संरचना निर्माणका लगि सांसद विकास कोषबाट केही रकम उपलब्ध गराउने प्रतिबद्धता सांसद पोखरेलले व्यक्त गरे ।

महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले जिल्लाका सबै सांसदहरुसँग यस खालको कार्यक्रम क्रमशः गर्दै जाने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस