२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाको क्यालिफोर्नियामा भिषण आगलागी, सङ्कटकालको घोषणा

अ+ अ-

हेल्डस्बर्ग, अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यका केही क्षेत्रमा फैलिएको आगलागीका कारण सङ्कटकालको घोषणा गरिएको छ ।

क्यालिफोर्नियाका गभर्नरले राज्य सरकारको तर्फबाट आइतबार सङ्कटकालको घोषणा गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

जङ्गलमा केही समयदेखि लागिरहेको आगो नियन्त्रणमा नआएको र शक्तिशाली हावाहुरी चलिरहेको, बिजुलीका संरचनाहरु जलाउन सक्ने, अन्धकार हुनसक्नेलगायतका कारणले सङ्कटकाल घोषणा गरिएको उनीहरुले बताएका छन् ।

सान फ्रान्सिस्को क्षेत्रमा लागेको ‘किनकेड फायर’ नाम दिइएको यस आगलागीका कारण १२ हजार हेक्टर क्षेत्रफल प्रभावित भएको छ ।

नजिकैको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआएकाले फैलिँदै बस्तीसम्म आउन सक्ने खतरा देखेर क्यालिफोर्नियाको हेल्डस्बर्ग र विन्डसरका बासिन्दालाई अन्यत्र सारिएको हो ।

आगलागीका कारण अहिलेसम्म ५० हजारभन्दा बढी विस्थापित भएको र सयौँ संरचनाहरुमा क्षति पुर्‍याएको अधिकारीहरुले जनाएका छन् ।

ठूलो हावाहुरीका कारण विद्युत प्रसारण लाइनमा झिल्का उत्पन्न हुन सक्ने र जसका कारण डढेलो झनै खतरनाक बन्न सक्ने भएकाले विद्युत सेवा पनि बन्द गर्न लागिएको छ ।

उत्तरी क्यालिफोर्नियामा बुधबार शुरु भएको डढेलो नजिकैको बिजुलीको तारमा क्षति पुगेको केही बेरपछि फैलिन थालेको थियो ।

आगो निभाउन एक हजारभन्दा बढी अग्निनियन्त्रक र विमानसमेत परिचालन गरिएको अधिकारीले जनाएका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस