२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विधेयकले कसैको ‘रोजीरोटी’ मार्दैन : मन्त्री बाँस्कोटा

अ+ अ-

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया विधेयकले कसैको ‘रोजीरोटी’ नमार्ने बताएका छन् ।
धुलिखेल नगरपालिका–११ पातलेखेतस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा विभिन्न चाडपर्वको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा उनले मिडिया विधेयकले कलाकार र बौद्धिक कार्यमा लाग्नेको सिर्जना नमर्ने दाबीसमेत गरे ।

मन्त्री बाँस्कोटाले भने, ‘हामीले कसैको रोजीरोटी नमार्ने गरी छलफल गरेका छौँ, तपाईँहरु ढुक्क हुनुहोस्, सरकार किसान र मजदूरको समेत सिर्जना नमर्ने गरी कानून बनाउँछ ।’ उनले मिडिया कानूनले उकालो पार गरिकन तेर्सो मार्गमा हिँड्दै संसदीय समितिमा पुगेको बताए। ‘कानून उकालोमा हिँड्दा थोरै ढिला मात्रै भएको हो, अब सजिलैसँग पास हुन्छ ।’

मन्त्री बाँस्कोटाले जनतालाई शिरमै राखेर सुख र समृद्धिका बृहत्तर अभियान अघिसारेको बताए । ‘हामी हरेक क्षेत्रको सुख र समृद्धिमा मात्रै ध्यान दिइरहेका छौँ, बेइमान गर्नेलाई मात्रै तह लगाउने हो, भट्टामा मान्छे हाल्ने र महिलामाथि अभद्र व्यवहार गर्नेलाई पनि ‘पद’ नभन्ने तपाईहरुलाई थाहा नै छ’, उनले भने । राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टाचार गर्नेलाई कुनै पनि स्थान नभएकाले मुलुकमा विधि र न्यायको शासन स्थापित हुने उनले दोहोर्‍याए ।

मन्त्री बाँस्कोटाले सुख र समृद्धिको संघर्षमा कसैले पनि ज्यान गुमाउनु नपर्ने बताए । उनले भने, ‘सुख र समृद्धि पनि जिलै प्राप्त हुने चिज त हैन, तर यसका लागि बुद्धि र पाखुरा लडाए मात्रै पुग्छ ।’ लोकतन्त्रका निम्ति ७० वर्ष बिताएको स्मरण गर्दै उनले जनताको सुख र समृद्धिका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उनको दाबी थियो ।

मन्त्री बाँस्कोटाले जनताले दिएको भोटको भारीको एकमुष्ट उपहार आउने निर्वाचनका किस्तीमा राखेर दिने बताए । ‘हामी यति गर्‍यौँ, यति काम शुरु गर्‍यौँ, यति गर्न बाँकी रह्यो भनेर फेरि आउँछौँ, तपाईँहरुले चिन्ता लिनुपर्दैन’, उनले भने । युटुबर र फेसबुकले हल्ला गरेर सरकारलाई कुनै फरक नपर्ने उनले दाबी गरे ।

मन्त्री बाँस्कोटाले छिमेकी देशले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेकाले विकास र समृद्धिको यात्रा कसैले रोकेर नरोकिने बताए । ‘आउने चुनावमा पनि जवाफदेहिताको सामथ्र्यसहित इमान्दारीताका साथ आउँछौँ, त्यतिखेर हिसाबकिताब गरौँला’, उनले दाबी गरे। आफूहरु निदाएर नबसेकाले निर्वाचनका बेला गरेका घोषणापत्र सिरानमा हालेर राख्न र निर्वाचन आएपछि ‘नेतालाई यो खोई त ?’ भनेर प्रश्न गर्न उनले आग्रह गरे ।

‘बिना योजना गत निर्वाचनमा होमिएनौँ, हामी अहिले पनि निदाएर बसेका छैनौँ’, उनले थपे । उनले क्रमशः मुलुक उत्पादन गर्दै आत्मनिर्भर अर्थतन्त्रतर्फ गइरहेको बताए । उनले भने, ‘हामी कृषिमा आधुनिकीकरण गर्दैछौँ, उत्पादनलाई बजारसँग जोड्ने उत्तम विधि तय हुँदैछन् ।’ उनले धुलिखेल नपा–११ पातलेखेतमा २९८ रोपनी जग्गा लिएर औद्योगिक ग्राम निर्माणको योजना अघि सारिएको बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर दोङ, प्रदेशसभा सदस्य चन्द्र लामा, नेकपा प्रदेश सदस्य रामहरि सुवेदी, धुलिखेल नपा उपप्रमुख विमला शर्मा, वडाध्यक्ष विष्णुप्रसाद धितालले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा विविध सांस्कृतिक तथा व्यङ्गात्मक प्रस्तुति गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस