२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्दघाट सवस्टेशनमा आगलागी हुँदा २९ हजार सेवाग्राही मर्कामा

अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नवलपरासीको बर्दघाटमा रहेको १३२/११ केभी सवस्टेशनमा गए राति भएको आगलागीका कारण २९ हजार सेवाग्राही मर्कामा परेका छन् ।

प्राधिकरणले दिइरहेको नियमित विद्युत् आपूर्तिमा समस्या आएको र वैकल्पिक व्यवस्थाका लागि प्रयास गरिरहेको जनाएको छ । आगलागीका कारण सवस्टेशनमा रहेको ११ केभीको नियन्त्रण कक्षमा क्षति पुगेको हो । आगलागी के कति कारणले भयो भन्नेबारेमा छानबिन भइरहेको प्राधिकरणले जनाएको छ ।

नियन्त्रण कक्षमा पस्ने दुईवटा ‘इन्कमर’ र त्यहाँबाट बाहिर निस्कने दुईवटा ‘आउट गोइङ’ फिडरमा आगलागी भएको छ । आगलागीबाट ‘इन्कमर’ र ‘आउट गोइङ’ फिडरहरु पूर्णरुपमा क्षतिग्रस्त भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

उनले भने, ‘गए राति आगलागी भएको हो, नियन्त्रण कक्षमा रहेको कन्ट्रोल प्यानललगायत अन्य उपकरण पनि जलेर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्, आगलागी के कारणले भएको हो त्यसको छानबिन गरिरहेका छौँ ।’

प्राधिकरणले आज नै आगलागी भएको स्थानको स्थलगत निरीक्षण गर्न ग्रिड विकास विभागका निर्देशकको टोलीलाई काठमाडौँबाट त्यहाँ पठाएको छ । सवस्टेशनमा आगलागी भएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति बन्द भएको थियो । त्यहाँबाट बर्दघाट क्षेत्रका २९ हजारभन्दा बढी ग्राहकलाई विद्युत् आपूर्ति भइरहेको थियो । प्राधिकरणले परासी, गण्डक र शीतलनगर सवस्टेशनबाट वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरेको छ । गत वर्ष पनि बर्दघाट सवस्टेशनको सोही नियन्त्रण कक्षमा आगलागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस