४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि चितवनलाई

अ+ अ-

काठमाडौं । चितवन राइनोजले पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल) टि–२० प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको फाइनल खेलमा चितवन राइनोजले क्याट क्विन्स काठमाडौँलाई ४५ रनले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसँगै चितवनले रु सात लाख पुरस्कार प्राप्त गर्यो । त्यस्तै उपविजेतामा चित्त बुझाएको काठमाडौँले रु तीन लाख हात पार्यो ।

चितवनले दिएको ११३ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौँ २० ओभरमा सबै विकेट गुमाउँदै मात्र ६७ रनमा समेटियो । काठमाडौँका लागि अप्सरी बेगमले सर्वाधिक १५ रन जोडिन् भने ममता थापा र ईश्वरी विष्टले १३/१३ रन जोडिन् । काठमाडौँलाई सस्तैमा समेट्ने क्रममा सुमन खतिवडा र ऋतु कनोजियाले समान ३/३ विकेट लिए भने रेखा रावलले २ विकेट लिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनाएको थियो । चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन जोडिन् भने कप्तान इन्दु बर्माले २२, काजल श्रेष्ठले २१ तथा कञ्चन श्रेष्ठले १९ रन जोडिन् ।

काठमाडौँकी सङ्गीता राई, लक्ष्मी साउद र सरस्वती चौधरीले १/१ विकेट लिइन् । लिगमा चितवन अपराजित रहँदै च्याम्पियन बनेको हो । क्विन्स इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको उक्त प्रतियोगितामा पाँच शहरका पाँच टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस