१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संरक्षणको पर्खाइमा कमल पोखरी ताल

अ+ अ-

दाङ । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको तुलसीपुर उपमहानगरपालिका–६ रजौराको कमल पोखरी ताल अहिले संरक्षणको पर्खाइमा रहेको छ ।

कुनै समयमा कमलको फूल फुलेको दृश्यले सबैलाई लोभ्याउने गथ्र्यो यो तालले । सो तालको अहिले उचित संरक्षण नहुँदा संरक्षणको पर्खाइमा रहेको हो । ताल क्षेत्रमा घुम्नका लागि तुलसीपुर बजारसहित टाढाटाढाबाट पनि मानिस आउने गर्दछन् । तर, तालको संरक्षण तथा पूर्वाधार कमजोर रहेको भन्दै यसलाई पर्यटकीय रुपमा विकास गर्नुुपर्ने सुझाव दिएर फर्केने गरेका छन् ताल हेर्न पुग्नेहरु ।

करीब एक बिघा क्षेत्रफलमा ताल रहे पनि अहिले त्यो साँघुरो हुनुका साथै धेरै भाग पुरिँदै गएको छ भने जलकुम्भी झारले समेत ढाकेको छ । पहिले साढे पाँच फिट गहिरो रहेको सो ताल अहिले डेढ फिटमात्र गहिरो छ । करीब ९० वर्षभन्दा पनि पहिले निर्माण गरिएको सो कमल पोखरी तालको संरक्षण स्थानीयले गर्दै आएका छन् । तर, बजेट अभावका कारण ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भने सकेका छैनन् ।

पोखरीको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका समाजसेवी तथा तुलसीपुर नगरपालिका–६ रजौरा निवासी ७५ वर्षीय गोविन्दप्रसाद रजौरेले तालको उचित संरक्षण गरी यसलाई पर्यटकीय क्षेत्रमा विकास गर्नुपर्ने बताउछन् । उनी भन्छन्, ‘तुलसीपुर बजार क्षेत्रमा यस्तो ताल कहीँ छैन, यसको संरक्षण तथा पूर्वाधार निर्माण गर्ने सके यहाँ धेरै पर्यटक भित्र्याउन सकिन्छ ।’ उनी थपछन्, ‘यति पुरानो पोखरीको गाउँलेले संरक्षण गरेर राखेका छौँ तर सरकारी निकायबाट खासै पहल गरिएको छैन ।’

तुलसीपुर उपमहानगरपालिकाले गत साल यस आर्थिक वर्षमा बजेट छुट्याउने जनाएपनि बजेट नै नुछुट्याएको भन्दै उनले निकै दुःख लागेको बताए । सोही ठाउँ निवासी ४८ वर्षीया सुशीला भट्टराईले ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय सरकारसँग माग गरिन् ।

उनले भन्छिन्, ‘झण्डै शताब्दी पुरानो इतिहास बोकेको पोखरीको संरक्षण नहुँदा अहिले त्यस क्षेत्रको जग्गाअतिक्रमण हुने डर रहेको छ ।’ तुलसीपुर उपमहानगरपालिका–६ रजौरे नवासी ४८ वर्षीय डिल्लीराज रजौरेले पोखरी संरक्षण गरेर त्यस क्षेत्रमा माछापालन, वनभोजस्थल, जलविहार तथा जीवजन्तुको अवलोकन गर्न सकिने र यसबाट गाउँको मुहार नै फेरिने बताए ।

स्थानीय कमल पोखरी टोल विकास संस्थाका सदस्य शालिकराम रजौरेले कमल पोखरीको उचित संरक्षण गर्नेको लागि सबैले पहल गर्नुपर्ने बताउछन् । उनले नागरिकको अथक श्रमदानले नै पोखरीलाई बचाई राखेको र यसमा सरकारले सहयोग गर्नुपर्ने सुझाव दिए ।

टोल विकास संस्थाका सदस्य रजौरेले तालको संरक्षण गरी यहाँ आवश्यक भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने, सुरक्षाको लागि तालको छेउछेउमा पर्खाल लगाउने, त्यस क्षेत्रमा घुम्न आउने पर्यटकलाई पोखरी नजिकै बस्नको लागि सेट निर्माण गर्ने तथा पुरिएको ताललाई उत्खनन गरी ढुङ्गाको व्यवस्था गर्नसके यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने बताउछन्।

यसैबीच तुलसीपुर उपमहानगरपालिका–६ का वडाध्यक्ष नवराज लामिछानेले कमलपोखरी तालको उचित संरक्षण गर्न आफू लाग्ने बताएका छन् ।

उनले यसलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न आफूले वडाबाट बजेट विनियोजन गरी गुरुयोजना निर्माण गरी प्रदेश सरकारबाट बजेट माग गरे पनि पर्न नसकेको स्वीकार गर्दै आफूले वडाको केही रकमबाट यस आवमा सो पोखरीमा पुरिएको माटो निकाल्ने बताए ।

यस तालको आफ्नै ऐतिहासिक पृष्ठभूमि रहेको छ । ९० वर्ष पहिले रजौराका स्थानीयवासीले रजौरा, गोलौरा, डुम्री गाउँलगायतका गाउँका गाईबस्तुलाई गर्मीयाममा पानी खुवाउनको लागि आफैँ श्रमदान गरी खाडल खनी मानव निर्मित जल भण्डारणको रुपमा राख्ने कार्य गरेका थिए ।

तर, त्यस समयमा पानीको अभाव भएपछि गाउँलेले सोही तालमा नुहाउन, कपडा धुन र भाडाकुँडा सफा गर्न सोही पानी प्रयोग गर्ने गरेको त्यहाँका थारु अगुवा सीताराम चौधरीले बताए । “त्यसैलाई पछि पोखरीमा परिणत गरिएको हो”, चौधरी भन्छन् ।

सो पोखरीमा कमलको फूल फुल्ने गर्दथ्यो । कमलफूल हेर्न र टिप्नको लागि गाउँगाउँबाट मानिस आउने गर्दर्थे । त्यसैले त्यस पोखरीको नाम कमलपोखरी राखिएको र अहिले पनि सोहि नामबाट परिचित रहेको छ । सो कमलपोखरी ताल तुलसीपुर बजारबाट डेढ किलोमिटर दक्षिणमा पर्ने रजौरा गाउँबाट करीब ५०० मिटर पश्चिममा पर्दछ ।

प्रतिक्रिया दिनुहोस